पोखरामा ठुलो मात्रामा लागूऔषध सहित ४ जना पक्राउ

पोखरा, ४ पुस / पोखरा २७ हमालचोकबाट कास्की प्रहरीले लागू औषध कारोबार गरि रहेका चार जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको टोलीले चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रुपेन्देही गैडहबा गाउँपालिका ८ बस्ने ३६ बर्षिय गौमती सुनार, रुपन्देही सिदार्थनगर नगरपालिका १ बेकहिया बस्ने २६ बर्षिय प्रकाश पुन, भारत महाराजगञ्ज थाना नौतुनहवा पोष्ट अड्ड् बजार बस्ने २८ बर्षिय महबुब आलम र भारत महाराजगञ्ज थाना नौतुनहवा पोष्ट अड्ड् बजार बस्ने ३४ बर्षिय बालेश्रर प्रजापती रहेका छन् ।

पक्राउ परेका उनीहरुको साथबाट डाईजापाम २ सय एम्पुल, फेनेरागन २ सय एम्पुल र नर्फिन २ सय एम्पुल गरी जम्मा ६ सय एम्पुल लागू औषध सहित पक्राउ गरेको प्रहरीले जानकारी दिए । त्यसै गरि भारतिय रुपैया ११ हजार ४० र ३ हजार २ सय ४५ रुपैया भेटेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...