पोखराको खहरे खोलाले गाडी बगायो

पोखरा, १४ जेठ / पोखरा २३ ठुलाखेत स्थित खहरे खोलाले गाडी बगाएको छ । पोखराबाट पोखरा २३ हर्पनका लागि खाद्यय सामग्री लिएर जादै गरेको ग१य १०७४ नम्बरको स्कार्पियोलाई बगाएर केही तल लगेको थियो ।

खोलाले बगाएर अड्कीएको गाडीलाई एक्साभेटरको साहेताले निकालेको प्रहरीले जानकारी दिएको छ । ‘हल्का बर्षा भइरहेको थियो गाडीमा सामग्री लिएर जादै गर्दा खहरे खोलाले गाडी बगाए केही तल लग्यो,’ गाडी सञ्चालक बैकुण्ठ पौडेलले भने ‘नजिकै भएको एक्साभेटर र स्थानीको साहेताले गाडीलाई खोला बाहिर ल्यायो ।’

उनले गाडीको इन्जिनमा पनि पानी पसेपछि पोखराबाट मेकानीक बोलाएर गाडीको साहेताले पोखरा बनाउन लगेको बताए ।

खहरे खोलामा पुल नहुदाँ स्थानीयले धेरै नै दुःख भोग्नु परेको स्थानीयले बताए । पुल बन्न थालेको भएर निर्माण सम्पन्न नहुदाँ स्थानीयको दुःख यस्तै रहेको स्थानीयको भनाई छ ।

कमेन्टहरु
Loading...