कास्कीमा मतगणनाको व्यवस्था यस्तो छ

पोखरा, ३१ बैशाख/निर्वाचन कार्यालयले स्थानीय तहको निर्वाचनको मतदान सकिने लगतै सुरु गर्ने जानकारी दिएको छ । मतगणनाका लागि मतपेटिकाहरु संकल भएपछि दल विच मुचुल्का गरेर मतपेटिका स्थानीय तहको केन्द्रमा लगिने र लगत्तै मतगणना सुरु हुने निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगले मतगणनाका लागि ११ बुँदे निर्देशन जारी गरेको छ।

कास्कीका पाचँ वटै स्थानीय तहको मत गणना सोमबारबाट हुने सम्भावन बढ्को छ । पोखरा लेखनाथ महानगर पालिका सबै क्षेत्रमा वडाबाट मतपेटिका पोखराको नगर विकास केन्द्रमा ल्याइ सके पछि गणना बारेमा छलफल हुने निर्वाचन कार्यालयले जानकारी दिएको छ । मतगणनाका लागि मतपेटिकाहरु संकल भएपछि दल विच मुचुल्का गरेर मतपेटिका स्थानीय तहको केन्द्रमा लगिने र लगत्तै मतगणना सुरु गर्ने क्षेत्रिय निर्वाचन कार्यालय कास्कीका प्रमुख गंगालाल सुबेदीले जानकारी दिए । कास्कीका पाँच वटा तहमा मत पेटिका आइसके पछि छिटो आए आज नै र भए भोली विहानबाट गणना सुरु हुने उनले बताए । साँझबाटै गणना गर्न केहि कठिन देखिएको उनले बताए ।
कास्कीका स्थानीय तहबाट प्रमुख ५, उपप्रमुख ५, वडाध्यक्ष ७२, वडा सदस्य २ सय ८८ गरी जम्मा ३ सय ७० निर्वाचित हुनेछन् । नगर र गाउँ सभाबाट ११ सदस्य निर्वाचित भएपछि कास्कीका स्थानीय तहमा ३ सय ८१ निर्वाचित प्रतिनिधि रहनेछन् । पोखरा लेखनाथ महानगरपालिकाका ३३ वडामा १ सय ६७ जना निर्वाचित हुने छन् । मेयर, उपमेयर, ३३ वडाध्यक्ष र प्रत्येक वडामा अध्यक्षबाहेक खुला सदस्य २ जना, दलित महिला सदस्य १ जना, महिला सदस्य १ जना निर्वाचित हुँदै छन् । ११ वडा रहेको अन्नपूर्ण गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्य गरी ५७ जना निर्वाचित हुनेछन् ।

९ वडा रहेको माछापुच्छ्रे गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष र सदस्यसहित ४७ जना निर्वाचित हुनेछन् । १२ वडा रहेको मादी गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्य गरी ६२ जना निर्वाचित हुँदै छन् । ७ वडा रहेको रुपा गाउँपालिकामा सबै पदमा गरी ३७ जना निर्वाचित हुने छन् ।

कास्कीमा २ लाख २४ हजार ८ सय ११ जना मतदाता छन् । मतदातामध्ये महिला १ लाख २० हजार २ सय ३० छन् । पुरुष मतदाता १ लाख ४ हजार ५ सय ७६ छन् । पोखरा लेखनाथ महानगरपालिकामा मात्रै १ लाख ६७ हजार मतदाता छन् ।

अन्नपूर्ण गाउँपालिकामा १५ हजार ५ सय ९६, माछापुच्छ्रे गाउँपालिकामा १६ हजार ३ सय १, मादी गाउँपालिकामा १३ हजार ५ सय ५९ मतदाता छन् । रुपा गाउँपालिकामा ११ हजार ३ सय १५ मतदाता छन् ।

कमेन्टहरु
Loading...