जापानमा सुतिरहेकै अवस्थामा पोखराका युवाको निधन

पोखरा, २३ वैशाख /जापानमा एक नेपालीको सुतिरहेको कै अवस्थामा मृत्यु भएको छ । साथीहरु बेलुका सगँ सुतेका पोखराका एक युवकको बिहान निधन भएको अवस्थामा भेटिएका हुन् ।

पोखरा लेखनाथ महानगरपालिकाको छोरेपाटन घर भई हाल जापानको चिवामा बसोबास गरि एफ हिरोताकी लिमिटेड कम्पनीमा कार्यरत २८ वर्षीय राजु केसी क्षेत्रीको मृत्यु भएको अवस्थामा भेटिएका थिए ।

रातीको १२ बजे साथीसंग सुतेका केसी मे महिनाको ४ तारिख विहान ८ः४५ तिर उठाउन खोज्दा नउठेपछि संगै सुत्ने साथीले प्रहरीलाई खबर गरि एम्बुलेन्समा अस्पताल लगेका थिए ।

सन् २०१४ मा जापान प्रवेश गरेका केसी टोकियो युनिभर्सिटी अफ सोसियल वेलफेर जापानीज स्कुलमा २ वर्ष अध्ययन सकी सनसाईन सेन्मोन गाक्कोउमा २ वर्षे अध्ययन पश्चात कम्पनीमा काम सुरु गरेका थिए ।

केसी केहि महिना अघि विवाह गरि जापान फर्किएका थिए । केसीको शव प्रहरी चौकीमा अनुसन्धानका लागि लगिएको छ ।
उनको घर पोखरा १७ छोरेपाटनमा उनका आफ्न्तको रुवाबासी छ । उनका बाबु आमा, दाजु, भाउजु र श्रीमती छन् ।

कमेन्टहरु
Loading...