पोखराका विद्यालय शिक्षामा उत्कृष्ट (कुन कुन हुन् उत्कृष्ट)

गोविन्द सुवेदी
पोखरा, १५ चैत/विद्यालय तहदेखि उच्च शिक्षामा पोखरा उत्कृष्ट रोजाइमा पर्ने गरेको छ । जिल्ला शिक्षा कार्यालय कास्कीका अनुसार पोखरामा सामुदायिकतर्फ एक सय १८ विद्यालय छन् भने, संस्थागततर्फ एक सय ६९ विद्यालय छन् । केही सामुदायिक र निजी विद्यालय उत्कृष्ट साबित भएका छन् । सामान्यदेखि राम्रो सेवासुविधा र शुल्क भएका विद्यालय पोखरामा सञ्चालन छन् । नयाँ पत्रियका दैनिकमा खबर छ ।

जिल्ला शिक्षा कार्यालयका सहायक जिल्ला शिक्षा अधिकारी गोविन्द पोखरेलले शैक्षिक उपलब्धि र आकर्षणको हिसाबले कास्की दोस्रो स्थानमा पर्ने बताए । ‘सबै हिसाबले मूल्यांकन गर्दा कास्की राजधानीपछि दोस्रो स्थानमा छ,’ उनले भने ।

कास्कीमा उत्कृष्ट समुदायिक विद्यालयमा बालमन्दिर मावि, गगन मावि, अम्मरसिंह मावि,भद्रकाली मावि, छोरेपाटन मावि, शीतलादेवी मावि, विन्ध्यवासिनी मावि ९बाटुलेचौर०, माछापुच्छ्रे मावि, भारती भवन मावि राष्ट्रिय मावि यहाँका उत्कृष्ट विद्यालय हुन् । यी विद्यालय पोखरामा मात्र होइन, विभिन्न समयमा देशमै विभिन्न हिसाबले उत्कृष्ट विद्यालयमा पर्ने गरेको सहायक जिल्ला शिक्षा अधिकारी पोखरेलले जानकारी दिए ।

कास्कीमा संस्थागततर्फ गण्डकी आवासीय मावि, एसओएस आवासीय मावि, मदरल्याण्ड मावि, शिशुु निकेतन आवासीय मावि, मर्निङस्टार आवासीय मावि, लिटिल स्टेप आवासीय मावि, स्टेप बाई स्टेप आवासीय मावि, ग्लोबल आवासीय मावि, सैनिक अवासीय मावि, करुणनिधि एजुकेसन फाउन्डेसनर सेन्टमेरिज आवासीय मावि यहाँका उत्कृष्ट विद्यालय हुन् । पछिल्ला वर्षको एसएलसी र एसइई परीक्षामा ल्याएको नतिजाको आधारमा यी विद्यालय उत्कृष्ट बनेको उनले बताए ।

कमेन्टहरु
Loading...