पोखरामा जुवा खेल्दै गरेका ११ जना सहित १ लाख बढि समातियो

पोखरा, २६ जेठ/पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १२ चापापानी स्थित एक घरमा जुवातास खेल्दै गरेको बेला ११ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले राज गुरुङको घरमा जुवा तास खेली खेलाईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट सादा पोसाकमा खटिएको प्रहरी टोलिले तास खेलि खेलाईरहेको अबस्थामा ११ जनालाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ६ बुक तास र नगद १ लाख ६ हजार सहित पक्राउ गरी थप अनुसन्धान गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा

  • जि. कास्की पोखरालेखनाथ म.न.पा.-११ रानिपौवा बस्ने बर्ष ६२ को नेत्र बहादुर गुरुङ ।
  • जि. कास्की पोखरालेखनाथ म.न.पा.-११ रानिपौवा बस्ने बर्ष ५५ को लक्ष्मण गुरुङ ।
  • जि. कास्की पोखरालेखनाथ म.न.पा.-११ रानिपौवा बस्ने बर्ष ५५ को गगन गुरुङ ।
  • जि. कास्की पोखरालेखनाथ म.न.पा.-१२माटेपानि बस्ने बर्ष ६२ को कृष्ण गुरुङ ।
  • जि. कास्की पोखरालेखनाथ म.न.पा.-१२ माटेपानि बस्ने बर्ष ५२ को राज गुरुङ ( घरधनि )
  • जि. कास्की पोखरालेखनाथ म.न.पा.-१२ माटेपानि बस्ने बर्ष ४८ को लिहित कुमार गुरुङ ।
  • जि. कास्की पोखरालेखनाथ म.न.पा.-१२ चापापानि बस्ने बर्ष ५३ का लोक बहादुर गुरुङ ।
  • जि. कास्की पोखरालेखनाथ म.न.पा.-१२ चापापानि बस्ने बर्ष ६० का मन बहादुर गुरुङ ।
  • जि. कास्की पोखरालेखनाथ म.न.पा.-१३ भद्रकाली बस्ने बर्ष ६५ को तेज बहादुर गुरुङ ।
  • जि. कास्की पोखरालेखनाथ म.न.पा.-१३ बाझापाटन बस्ने बर्ष ६० को रस बहादुर गुरुङ ।
  • जि. कास्की पोखरालेखनाथ म.न.पा.-१३ संगमटोल बस्ने बर्ष ५९ को पिर सिहं गुरुङ ।
कमेन्टहरु
Loading...