पोखरा जेसीजको अध्यक्षमा शिव सुवेदी बिजयी

पोखरा, ४ मंसिर /सामाजिक तथा विविध कार्यमा संलग्न रहदै आएको पोखरा जेसीजको ३८ औं शाखा अधिवेशन तथा ४३ औं बार्षिक साधारणले सभाले शिव सुवेदीलाई चयन गरेको छ । उनले अध्यक्षका प्रतिद्धन्दि शालिकराम गिरीलाई पछि पार्दै शिव सुवेदी निर्वाचित भएका हुन ।

मंसिर २ गते राति १ बजे भएको निर्वाचनमा “फरक अनुभुतिका लागि परिवर्तन स्विकारौँ” भन्ने मुल उद्घोषका साथ उम्मेदवारी दिएका सुवेदीले नतिजा आफ्नो पोल्टामा पार्दै गिरी माथी जित दर्ता गरेका हुन । कुल ९२ मत मध्ये सुवेदीको पक्षमा ४७ मत खसेको थियो भने बिपक्षी उम्मेदवार गिरीको पोल्टामा ४५ मत परेको थियो । उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा देवराज शर्मा विजयी भएका छन् । उृनले मोहन प्रसाद अधिकारीलाई हराउदै विजयी भए ।

पोखरा जेसीजको निवर्तमान अध्यक्ष जेसी शिव प्रसाद कोईराला तथा नव निर्वाचित अध्यक्ष शिव सुवेदीको नेतृत्वमा वर्ष १८ को लागि नयाँ कार्यसमिति पनि चयन भएको छ । जसमा अध्यक्ष सल्लाहकारमा जेसी शालिक राम गिरी, कानुनी सल्लाहकारको लागि जेसी शिव सापकोटा, कार्यकारिणि उपाध्यक्षमा जेसी देवराज शर्मा, महासचिवमा जेसी गणेश गिरी, कोषाध्यक्षमा जेसी छवि पनेरु, सचिवमा जेसी शक्ति बढुवाल, उपाध्यक्षहरु जेसी अन्जनदेव ढकाल, जेसी शिव के.सि., जेसी सन्देश पराजुली, जेसी धननाथ सापकोटा, शाखा सम्पादकमा जेसी कुशल पौडेल, निर्देशकहरु जेसी शंकर कँडेल, जेसी सन्तोष ओझा, जेसी सन्तोष रानाभाट, जेसी सुरेन्द्र बाँस्तोला, बृद्धि सभापतिमा जेसी अनन्त प्रधानाङ्न, तालिम आयुक्तमा जेसी प्रकाश घिमिरे र शुक्रबार सरिय प्रवचनमा जेसी शिवराम अधिकारी चयन भएका हुन् ।

कमेन्टहरु
Loading...