पोखरा इन्टरनेटले ल्यायो ‘भ्वाइस कमान्ड डिभाइस’ र ‘स्मार्ट होम डिभाइस’

पोखरा, २४ फागुन /‘क्लियर टिभी’ले ग्राहकहरुका लागि ‘भ्वाइस कमान्ड डिभाइस लञ्च’ गरेको छ । पोखरामा टिभीको बजारिकरण गरिरहेको कम्पनी पोखरा इन्टरनेटले जारी ‘क्यान इन्फोटेक’ मेला नयाँबजार प्रदर्शनीकेन्द्रमा यो ‘डिभाइस’ प्रदर्शनमा राखेको छ ।‘अमेजन अलेक्सा’ले तयार पारेको यो ‘डिभाइस’ जोडिसकेपछि सामान्य टेलिभिजनलाई पनि ‘स्मार्ट’ तरिकाले संचालन गर्न सकिने क्लियर टिभीले जनाएको छ ।

‘यो एउटा भ्वाइस कमान्ड डिभाइस हो । र, यो जस्तोसुकै टेलिभिजन सेटका लागि पनि योग्य छ । टेलिभिजन हेरिरहँदा केहि कुराको जानकारी लिन परेको खण्डमा आवाजबाट दिएको कमान्डलाई मान्दै सोहि अनुसार जानकारी यो डिभाइसले दिन्छ ।’ पोखरा इन्टरनेटका प्रमुख कार्यकारी अधिकृत सरोज कोईरालाले भने । यद्यपी यो सुविधा लिनका लागि ग्राहकहरुले इन्टरनेटसहितको फाइबर केबुल प्रयोग गरेको हुनुपर्नेछ ।

प्रयोगकर्ताहरुले ‘अमेजन अलेक्सा डिभाइस’मार्फत अमेजन स्टोरमा रहेका गीत, भिडियो पनि हेर्न सक्नेछन् । ‘टेलिभिजनमा च्यानल सर्च गरिरहने झन्झटबाट पनि प्रयोगकर्ताहरु मुक्त हुने भएकोले हरेक हिसाबले यो लाभदायक रहेको छ ।’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत कोईरालाले दाबी गरे ।

त्यस्तै पोखरा इन्टरनेटले ‘स्मार्ट होम डिभाइस’पनि लञ्च गरेको छ । यो डिभाइस घरमा जोडेपनि प्रयोगकर्ताहरुले एकैचोटी धेरै सुविधाको उपभोग गर्न पाउने कम्पनीका जनरल म्यानेजर विजेश पालिखेले जानकारी दिए । डिभाइस जोडिसकेपछि मोबाइल एपबाटै बत्ति बाल्ने, निभाउने, टेलिभिजन अन–अफ गर्ने, एसी संचालन गर्ने जस्ता सुविधा प्रयोगकर्ताले पाउने उनले बताए ।

त्यो सँगै यो ‘डिभाइस’ घरको सुरक्षाको हिसाबले पनि निकै गज्जब भएको कम्पनीले दाबी गरेको छ । कम्पनीका अनुसार ‘सेन्सर’को माध्यमबाट घरबाहिरै हुँदा पनि घर वरिपरी मान्छे आएको, धारा खुल्ला भएको, ग्यास लिक भएको र घरको ढोका खुलेको जानकारी मोबाइल मेसेज अलर्टबाट प्रयोकर्ताले पाउने सुविधा यो डिभाइसले दिएको छ । अझै त्यसैमाथि यो ‘डिभाइस’मार्फत घरमा भएका वृद्धवृद्धा अप्ठेरो अवस्थामा भएनभएको पनि जानकारी लिन सकिने कम्पनीले बताएको छ ।

आगामी दिनमा घरलाई स्मार्ट तरिकाले संचालन गर्न अझै बढि सुविधाहरु थपिँदै जाने कम्पनीले जनाएको छ ।इन्टरनेट सेवा प्रदायक संस्था पोखरा इन्टरनेटले आफ्ना प्रयोकर्ताहरुलाई थप सुविधा दिने क्रममा यस्ता डिभाइस पोखरा भित्राएको हो । पोखरा इन्टरनेटले हाल सुलभ मुल्यमा इन्टरनेट जडान गर्दै आएको र केहि दिन मात्रै यो अफर रहेको समेत जनाएको छ ।

कमेन्टहरु
Loading...