पोखरामा सोमबार यस वर्ष कै गर्मी मापन

सागर राज तिमिल्सिना
पोखरा, २७ साउन / मन्सुन सकिन लाग्दा पोखरामा सोमबार प्रचण्ड गर्मीको महशुस भएको छ ।पोखरामा सोमबार बिहान देखि नै चर्किएका घामका कारण गर्मी महशुस भएको हो ।

पोखरामा सोमबार यो वर्षको सबै भन्दा बढि अघिक्तम तापक्रम ३५ डिग्रि सेल्सियस मापन भएको मौषम विज्ञानको साइटमा उल्लेख गरेको छ । पोखराको तापक्रम न्यनतम २४ दशमलव ५ डिग्री रहेको छ ।

पोखरामा मात्रै हैन तपाई क्षेत्र र काठमाडौमा पनि गर्मी बढेको छ । यसअघि पोखरामा सन् १९९९ अप्रिल २८ मा अहिले सम्मकै सबैभन्दा बढी तापक्रम ३७ दशमलव ४ डिग्रि सेल्सियस मापन भएको थियो ।

कमेन्टहरु
Loading...