पोखराको हर्पन खोला ड्याममा डुबेर पोखराका एक जना बेपत्ता

पोखरा, २६ असार / पोखरा महानगरपालिका वडा नम्बर २३ हर्पन खोला ड्याममा पौडी खेल्ने क्रममा एक जना बेपत्ता भएका छन् ।

शुक्रबार साझँ पौडी खेल्ने क्रममा पोखरा २६ रामबजारका प्रयुश गुरुङ बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।

पोखरा १० रामबजार र पोखरा २६ लेखनाथका चार जना युवाहरु भएर ड्याममा पुगेको थिए । ति मध्ये दुई जना पौडी खेलेका थिए ।

केही बेर पौडी खेलेपछि थाकेपछि बाहिर आउने क्रममा डुबेको उनका साथीले बताएका छन् । उनको खोजीका लागि पोखराबाट प्रहरीको गोटाखोर टोली जादै छ । अबिरल वर्षका कारण हर्पन खोलामा ठुलो बाढी आएको थियो ।

कमेन्टहरु
Loading...