पोखराबाट हेलिकप्टरमा घुम्नेको पहिलो रोजाई अन्नपुर्ण बेसक्याम्प

सागर राज तिमिल्सिना
पोखरा, १२ बैशाख/पोखरा दुई वटा हेलिकप्टरले स्टेसन राखेर सेवा सुरु गरे पछि हेलिकप्टरबाट पर्यटकीय स्थलको भ्रमण गर्ने पर्यटकहरुको संख्यामा बृद्धि भएको छ । पोखराबाट दैनिक ५ देखि १५ वटा सम्म पर्यटकहरु पोखरा आसपासका क्षेत्रमा जाने गरेको सञ्चालकहरु बताउछन् ।

पोखरामा आधार बनाएर हेलीकप्टरले दैनिक साइट सिइङ, माउण्टेन फ्लाइट, एयर एम्वुलेन्स, रेस्क्यु फ्लइटका उडान भर्दै आएको प्रभु हेलिकप्टरका पोखरा स्टेसन म्यानेजर दर्गा गुरुङले बताए । उनले पर्यटकहरु पोखराबाट अन्नपुर्ण बेस क्याम्प, माछापुच्छे बेस क्याम्प, मुक्तिनाथ मन्दिर जाने गरेको बताए । पोखरबाट प्रभु र सिम्रिक एयरले स्टेसन नै राखेर सेवा दिदै आएका छन् भने अन्य कम्पनीले बेला बेलामा सेवा दिदै आएका छन् ।

पोखरा विमानस्थलका प्रमुख भोलाप्रसाद गुरागाईले हेलिकप्टरहरुले दैनिक ५ देखि १५ सम्म उडान भर्दै आएको बताए । उनले हेलिप्टरको सेवाले विमानस्थललाई पनि व्यस्त बनाएको बताए । उनले पोखरा काठमाडौ तीन वटा एयरलाइनसले दैनिक २० देखि २५ फ्लाइट गर्ने गरेको बताए । प्रभुको हेलिकप्टरले उनले ८० मिनेटको प्यकेजमा ९ सय डलरमा अन्नपुर्ण र माछापुच्छे बेस क्याम्प लैजाने गरेको गुरुङले बताए । ‘पर्यटकहरु बेसक्याम्प जान्छन्, करिब ४० मिनेट हिमालमा रमाउछन्,’ उनले भने ‘चिया कफि खाएर पुन पोखरा फर्किन्छन ।’ उनले सबै भन्दा बढि पर्यटक अन्नपुर्ण बेसक्याम्प जाने गरेको बताए ।

जाने पर्यटक मध्ये ५० प्रतिशत चाइनीज, त्यस पछि युरोपियन र नेपाली हुने गरेको उनको भनाई थियो । दुबै कम्पनीले पोखरामा आफ्नै ह्याङ्गरमा नियमित परिक्षण तथा मर्मत सम्भार गरि सुरक्षित तथा भरपर्दो सेवाकोे प्रत्याभूति गरिएको जनाएको छ ।

कमेन्टहरु
Loading...