पोखरामा गुनासो सुन्न हटलाइन नम्बर ११८१ र ११८६ जडान

पोखरा महानगरपालिका
0 202

पोखरा, १४ वैशाख / पोखरा महानगरपालिकाले नगरवासीका गुनासो सुनेर सम्भव भएसम्म तत्काल सम्बोधन गर्न पैसा नलाग्ने हटलाइन नम्बर ११८१ र ११८६ सञ्चालन गरेको छ ।

नगरवासीले आफूलाई परेका समस्या टोल फ्रि नम्बर ११८१ र ११८६ मा फोन गरेर टिपाउन सक्ने महानगरले बताएको छ । वैशाख ३ गतेदेखि ११८१ नबर सञ्चालन भएकोमा अर्को नम्बर ११८६ आइतबारदेखि सञ्चालनमा आएको हो ।

कोरोना भाइरसको महामारीको समयमा नगरवासीका स्वास्थ्य सम्बन्धी गुनासा, लकडाउनले जोखिममा परेका समुदायको समस्या लगायत नगरवासीका हरेक गुनासो सुनेर सम्भव भएसम्म तत्काल सम्बोधन गर्न टिम पनि बनाइएको पोखरा महानगरपालिका सूचना अधिकारी भरतराज पौडेलले बताए ।

समस्यामा परेका व्यक्तिहरुको उद्धार गर्नुपरेमा पनि ११८१ र ११८६ नम्बरमा फोन गरेर जानकारी दिन सकिने महानगरपालिकाले बताएको छ ।

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...