पोखराको घार्मीमा शिव पुराण

पोखरा, २९ साउन/जेष्ठ नागरिक मिलन केन्द्रको आयोजनामा पोखरा– १९ घार्मीमा शिव पुराण लगाईएको छ ।

श्रावण महिनामा भगवान शिवको महिमा प्रस्तुत गर्ने र नयाँ पुस्तामा धार्मिक भावना जागृत गराउने उद्घेश्यले कार्यक्रम आयोजना गरिएको केन्द्रका सदस्य मोहनप्रसाद पौडेलले जानकारी दिनुभयो ।

श्रावण महिना र भगवान शिवका विभिन्न स्वरुपका विषयमा पंण्डित दीपक सापकोटाले कथा वाचन गर्नुभएको थियो ।

जेष्ठ नागरिक सरोकार समाजको सहयोगमा भएको कार्यक्रममा पुराण श्रवण गर्न पुरञ्चौर, लामाचौर, वाटुलेचौर, हरिपाउँ लगायतका आसपासका क्षेत्रवाट उल्लेख्य रुपमा भक्तजनले सहभागिता जनाएको मातृभुमि युवा समुहका अध्यक्ष अभिशेक पौडेलले जानकारी दिनुभयो ।

समाजका अध्यक्ष सोमराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य कोमल वास्तोला, कथा वाचक दीपक सापकोटा, धार्मिक व्यक्तित्व विन्दु पौडेल, मोहनप्रसाद पौडेल लगायतले पछिल्लो समय हिन्दु धर्म माथि विभिन्न तवरले प्रहार भैरहेकोमा चिन्ता व्यक्त गदै धार्मिक जागरणमा लाग्न आग्रह गरे ।

त्यस अवसरमा विभिन्न भजन समुहले पुराणको विचविचमा भजन किर्तन समेत गरेका थिए ।

कमेन्टहरु
Loading...