पोखरामा युवाहरुबीच ग्याङ फाईट

पोखरा, १८ कार्तिक / पोखरा महानगरपालिका पृथ्वीचोकमा युवाहरु बीच भएको झगडा हुँदा दुईजना घाईते भएका छन् । पृथ्वीचोकमा ५÷७ जना यूवाहरुबीच भनाभन भएपछि झगडा भएको थियो ।

झगडामा पोखरा ७ रत्नचोकका ३५ बर्षिय विमल पहारी र राष्ट्रबैंकचोक बस्ने ३० बर्षका प्रदीप गुरुङ घाईते भएको प्रदेश ४ प्रहरी कार्यालय पोखराका प्रवक्ता गोविन्द पुरीले जानकारी दिए । उनीहरुको गण्डकी मेडिकल कलेजमा उपचार भैरहेको छ ।

झगडामा संलग्न २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । झगडाको कारणबारे स्पष्ट भएको छैन भने प्रहरीले घटनाबारे अनुसन्धान भैरहेको जनाएको छ ।

कमेन्टहरु
Loading...