मौसमविदले भने आज घाम लाग्ने सम्भावना छैन, पानी पर्छ

पोखरा, १८ पुस/देशभर मौसम बदली भई आज शुक्रबार केही स्थानमा वर्षा र हिमपात हुने मौसमविदले बताएका छन् ।

पोखरामा पनि बिहान देखी नै घाम लाग्न सकेको छैन । मौसम विद्का अनुसार आज पानी पर्छ, घाम लाग्ने सम्भावना कम रहेको जनाएका छन् ।

शुक्रबार रातिसम्मै उच्च पहाडी तथा हिमाली भागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना छ । यस्तो अवस्था शनिबार र आइतबार पनि जारी रहने छ ।
पोखरामा बिहान देखी हल्का वर्षा भएको छ भने पोखरा न्यूनतम तापक्रम ७ दशमलव ५ डिग्री सेल्सियस मापन भएको छ । पोखरा यो वर्ष न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस मापन भएको छ ।

मौसम विश्लेषणMeteorological Analysis):-

हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव देखिएको छ।

मौसमको अवस्था )Present Weather Status):

हाल देशभर सामान्य बदली रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान 

पौष १८  गते (शुक्रबार)
दिउँसो :देशभर  सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा मध्यम देखि भारी  हिमपात र पहाडी तथा तराईका केही स्थानहरुमा हल्का देखि मध्यम  वर्षाको संभावना रहेको छ ।

राती : देशभर  सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा मध्यम देखि भारी  हिमपात र पहाडी तथा तराईका केही स्थानहरुमा हल्का देखि मध्यम  वर्षाको संभावना रहेको छ ।

पौष १९  गते (शनिबार)
दिउँसो :देशभर  सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम  हिमपात र पहाडका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ ।

राती : देशभर  आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भाग थोरै स्थानहरुमा हल्का हिमपात र पहाडका एक /दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ ।

 पौष २०  गते (आइतबार)
दिउँसो : देशभर  आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भाग थोरै स्थानहरुमा हल्का हिमपात र पहाडका एक /दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ ।

राती : देशभर  आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भाग थोरै स्थानहरुमा हल्का हिमपात र पहाडका एक /दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):

मौसम बदली संगै वर्षा/हिमपातको संभावना रहेको र चिसो रही रहने हुनाले सतर्कता अपनाउन अनुरोध छ ।

कमेन्टहरु
Loading...