पोखरा महानगरको फोहोरबाट बार्षिक ५ अर्व कमाउन सकिने

श्याम राना
गन्थन न्युज/पोखरा
कर्मशिल बहुउद्देशीय ऋण सहकारी संस्थाले शुक्रबार पोखरा फोहोर मैलाको उचित व्यवस्थापन, चुनौति र अवसरको विषयमा अन्र्तक्रिया कार्यक्रम भएको छ । कार्यक्रममा भेन्चर इन्भेस्टमेन्ट प्रालिले फोहोरमैलाको व्यवस्थापन, चुनौति र अवसरका बिषयमा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै प्रालिका सञ्चालक जेनिस श्रेष्ठले फोहोर व्यवस्थापन गर्दा कुन सही र कुन गलत छुट्याउन सक्नुपर्ने बताए । उनले भने, ‘फोहोरमैलाको उचित व्यवस्थापन गर्न सके करिब ५ अरब बराबरको रकम वार्षिक बचाउन सकिन्छ ।’
घरवरपरबाट उत्पन्न हुने स्रोत र साधनको पहिचान गर्न नसक्नाले फोहोर अनावश्यक खेर गइरहेको श्रेष्ठको भनाइ थियो । ‘चिनी उद्योग, कृषि उपज, केराको बोट र व्यवसायिक प्रयोजनबाट आउने फोहोरबाट पनि बायो उर्जा निकाल्न सकिन्छ,’ उनले भने । खेर गइरहेको ९७ प्रतिशत फोहोर पानीलाई पनि पुनः प्रयोगमा ल्याउन सकिने उनले सुनाए ।

बायो ग्याँसका रुपमा सिएनजी ग्याँस प्रयोग गर्न सकिने उनको सुझाव छ । उनले भने ‘सिएनजी ग्याँसको प्रयोगले ५ किलोग्रामको बायो सिलिन्डर रुँपैया ४ सय ५०मै उपलब्ध हुन्छ ।’ फोहोर मैलाबाट उत्पादन गरिएको उर्जाबाट ७ प्रतिसत सम्म पेट्रोल, डिजल र एल पि ग्याँसको बचत गर्न सकिने उनले प्रतिवेदन प्रस्तुत गरे । ‘पोखरामा ५० मेट्रिक टन भन्दाबढी फोहोर बायोग्याँसमा प्रयोग गर्न सकिन्छ,’ उनले भने । बायो ग्याँसले मान्छेको स्वास्थ्यमा पनि स्वास्थ्यमा पनि हानी नपु¥याउने उनले बताए ।

कार्यक्रमका संयोजक ध्रुव कुवँरले लगानी गर्ने पुँजी हुँदाहँुदै पनि कहाँ गर्ने ठाउँ नभएका बताए । उनले भने, ‘फोहोर मैलाको उचित व्यवस्थापन गर्न सके उद्यमशिल बन्न सकिन्छ ।’ महानगर स्तरीय कृषि सञ्जालका अध्यक्ष धर्मराज बास्तोलाले फोहोरमैलालाई उचित व्यवस्थापन गर्न सके फोहोर मोहोरमा परिणत हुने बताए ।

कमेन्टहरु
Loading...