पोखरामा हट फेसन सोमा दर्शक दंग (भिडियो सहित)

प्रदिप पौडेल
पोखरा, ७ असोज/ पोखरा पर्यटकीय शहर मात्रै होईन फेसनको शहरको पनि हो । लाहुरेको शहर भएकाले नेपालमा भित्रीएका फेसनका सिको काठमाण्डौ पछि पोखरामा हुन्छ । त्यही फेसन शोमा अन्तगत पोखरामा ‘जीवनशैली’ नामक फेसन शो भएको छ ।

फेसन सो अन्तगत एकपछि अर्को सिक्वेन्समा मोडल पोखरामा प्रस्तुत भए । अधिकांश व्यावसायिक मोडल सहभागी उक्त फेसन शोमा विभिन्न ६ सिक्वेन्समा लेहेंगा, साडी, जिन्स आइटम, वान पिस र गाउनमा सजिएका मोडेल निकै आकर्षक र ‘हट’ देखिन्थे ।

पोखरामै पहिलो पटक यस्तो फेसन शोको चाँजोपाँचो मिलाएको थियो, आरएनआर ग्रुपले । राति करिब डेढ घण्टा चलेको ‘जीवनशैली’ नामक फेसन शोमा पोखरास्थित आई एम द बुटिककी अर्चना अर्यालद्धारा डिजाइन गरिएको लेहेंगा र साडी ओचो जिन्सका सुनिल महर्जनको क्याजुअल जिन्स र प्रिन्टेड जिन्सी तथा काठमाडौंस्थित फेसन जोले वान पिस र गाउन गर दुई/दुई सिक्वेस मोडल उतारिएका हुन् ।

आयोजक संस्थाकी अध्यक्ष मञ्जु श्रेष्ठले मोडलिङ क्षेत्रलाई प्रवद्र्धन तथा व्यवसायिकरुपमा विकास गर्न विभिन्न मोडलिङबारे इभेन्ट गर्दै आएको बताइन् । कार्यक्रम संचालन कोरियोग्राफर रोजिन शाक्यले गरेका थिए । यसअघि, काठमाडौं र पोखरामा भएको अडिसनबाट छानिएका १९ जना मोडेल सहभागी थिए । तीमध्ये काठमाडौंका १५ र पोखराका ४ जना मोडेल थिए । जसमा सृष्टि तामाङ, कुसुम तामाङ, मन्दिरा राज्यलक्ष्मी शाह, देविका कार्की, सीमा श्रेष्ठ, करिश्मा केसी, हेमा र आश्मा लगायत थिए ।

उक्त फेसन शोका लागि मोडललाई पहिलो अडिसन राजधानीमा गरिएको थियो । अडिसनमा ५० जना व्यवसायिक मोडलले आवेदन दिएकोमा १५ जना र पोखरामा भएको अडिसनमा १५ जनाबाट ४ जना छानिएका निर्णायकमध्येका एक पत्रकार डब्बु क्षेत्रीले जानकारी दिए । आरएनआर गु्रपले यसअघि राजधानीमा फेसन गर्दै आएको थियो ।

 

कमेन्टहरु
Loading...