भारतसँगको सम्झौता विरुद्ध अनेरास्ववियु पेकद्वारा विरोध जुलुस

पोखरा, ११ असोज /सरकारले हालै भारत भ्रमणका क्रममा गरेका सम्झौताको विरोधमा पोखरामा विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् ।

हिन्दी भाषालाई सरकारी कामकाजको भाषा बनाउने, टीकापुर घटनाका दोषीहरुलाई उन्मुक्ति दिने, नेपाल सरकार र भारतीय दुतावासलाई समान स्तर बनाउने, विदेश मामलामा नेपाल र भारतको एउटै धारणा हुनेछ भनी वर्तमान सरकारले भारतसँग गरेको सम्झौता खारेजीको माग सहित अनेरास्ववियु पेक क्याम्पस कमिटिले खबरदारी जुलुस निकालेको हो ।

भारतसँगको सम्झौता विरुद्ध अनेरास्ववियु पेकद्वारा विरोध जुलुस
भारतसँगको सम्झौता विरुद्ध अनेरास्ववियु पेकद्वारा विरोध जुलुस

पोखरा ईन्जिनियरिङ क्याम्पस गेटबाट सुरु भएको जुलुस फिर्के चोक, जिरो किमि हुँदै सृजनाचोकमा आएर कोण सभामा परिणत भएको थियो । जुलुसमा सहभागी विद्यार्थीहरुले हाम्रो भाषा हाम्रो देश प्राण भन्दा प्यारो छ, कठपुतली सरकार मुर्दावाद, कैलाली हत्याकाण्डका दोषिलाई कारबाही गर लेखिएका प्लेकार्ड बोक्दै नारा लगाएका थिए ।

कोण सभालाई सम्बोधन गर्दै अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य सरिता पुरीले सरकारले गरेका राष्ट्रघाती सम्झौताहरु तत्काल खारेज नभए आन्दोलन मार्फत ज्ञानेन्द्र सरकारलाई जस्तै यो सरकारलाई पनि पतन गराउने धारणा व्यक्त गरिन् । त्यसै गरी विद्यार्थी नेता सुवास मल्लले टीकापुर हत्याकाण्डका आरोपीहरुलाई सरकारले उन्मुक्ती दिए सरकारलाई बालुवाटारबाट हटाएर अन्तर्राष्ट्रिय अदालत हेगको कठघरामा पु¥याइने चेतावनी दिए ।

खबरदारी जुलुसमा पोखरा विश्वविद्यालय केन्द्रिय सदस्य संकल्प ढुगाना प्रतिक, अनेरास्ववियु सिटिइभिटी क्याम्पस कमिटी अध्यक्ष सन्तोष पोखरेल लगायतको उपस्थिति रहेको थियोे । कोणसभालाई अनेरास्ववियु पेकका सचिव प्रदिप पोखरेलले संचालन गरेका थिए ।

कमेन्टहरु
Loading...