पोखराको पर्यटकीय क्षेत्रमा डिजिटल तथ्याङक संकलन सुरु

सागर राज तिमिल्सिना
पोखरा, २६ वैशाख/पोखराको पर्यटकीय शहर लेकसाइडमा रहेका घर परिवार र भाडामा बस्नेहरुको तथ्याङक लिन सुरु गरेको छ । सामुदायी प्रहरी केन्द्र बैदाम, वडा प्रहरी कार्यलय बैदाम र पोखरालेखनाथ महानगरपालिका वडा नम्बर ६ को सक्रियातामा डिजिटल रुपमा तथ्याङक संकलन गरेर तथ्याङक राख्न सुरु गरेको हो ।

प्रत्येक घरमा कति जना सदस्यहरु छन् र भाडामा बस्छन् भने का ेको बस्छन् भन्ने तथ्याङक राखीने सामुदायीक प्रहरी केन्द्र बैदामका अध्यक्ष भिम पराजुलीले जानकारी दिए । उनले सामुदायीक प्रहरी केन्द्र बैदामबाट १० र पोखरा ६ वडाबाट १० जना गरि २० जनाले तथ्याङक संकलन गर्ने बताए । संकलन गर्न करिब १ महिना लाग्ने पराजुलीले बताए ।

डिजिटल तथ्याङक संकलनबाट विकास निर्माणका साथै अपराध अनुसन्धान गर्न पनि सहज हुने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख अशोक सिंहले बताए । उनले कुन व्यक्ति कुन घरमा बस्छ भने जानकारी डिजिटल एप्सबाट थाहा हुने भए पछि अपराधीलाई सहजै पक्राउ गर्न समेत सहयोग हुने बताए ।

मोवाइल एप्सबाट तथ्याङक संकलन गरिने छ । व्यक्तिको फोटो, नागरिकता नम्बर, शिक्षा, पेसा लगाएतका तथ्याङका संकलन गर्ने सफ्टयोर निर्माण गरेका निर्मल गुरुङले बताए । उनले व्यक्तिको हुलिया सहित राखीने हुदाँ कुन व्यक्ति कहाँ बस्छ भन्ने सहजै पत्ता लागउन सकिने बताए । विकसित देशहरुमा सबै तथ्याङकलाई डिजिट रुपमा रिखिदै आएको छ । नेपालमा पछि यो पहिलो प्यास भएको वडा नम्बर ६ का अध्यक्ष जगत पहारीले बताए । तथ्याङक संकलन पछि वडामा कति घर परिवार बस्छन्, के पेशा गर्दछन्, कहाँबाट आएका हुन् भन्ने जस्ता सबै तथ्याङक थाहा हुने पहारीको भनाई छ ।

कमेन्टहरु
Loading...