पोखरामा एक जना मृत फेला

पोखरा, ११ माघ / कास्की माछापुच्छ्रे गाउँपालिका १ भुजुङखोला घर भई हाल पोखरा महानगरपालिका १० शिबचोक बस्ने एक जना मृत फेला परेका छन् ।

पोखरा १० शिवचोक बस्ने ४५ बर्षिय पंचबहादुर तामाङ आफ्नै डेराको कोठामा सुतेको अवस्थामा मृत फेला परेका हुन् । शनिबार विहान श्रीमतीले उठाउन खोज्दा नउठे पछि चेक जाँचको लागि पश्चिम क्षेत्रिय अस्पताल गलेका थिए ।

अस्पतालमा डाक्टरले उनलाई मृत घोषणा गरेको गण्डकी प्रदेश पोखराका प्रहरी उपरीक्षक दिपक रेग्मीले जानकारी दिए । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको उनको भनाई छ ।

कमेन्टहरु
Loading...