क्रिकेट मैदान निर्माणका लागि धुर्मुस पोखरामा

पोखरा, २३ चैत /क्रिकेट निर्माणका लागि जग्गाको खोजीमा रहेका सिताराम कट्टेल धुर्मुस शनिबार पोखरा आउने भएका छन् । क्रिकेट स्टेडियम निर्माणका लागि विभिन्न ठाउँमा जग्गाको अवलोकन गर्दै हिडेका धुर्मुस पोखरा आउन लागेका हुन् ।

उनले काठमाण्डौ, भक्तपुर, बुटबलमा जग्गा हेरि सकेका छन् । धुर्मस पोखरा आउने थाहा पाएपछि क्रिकेट प्रेमीहरुमा उत्साहत भएका छन् । उनले पोखरा रंगशालामा रहेको क्रिकेट मैदान सहित अन्य ठाउँमा पनि मैदान हेर्ने छन् ।

कमेन्टहरु
Loading...