पोखरामा बुधबार १० जना थपिए, पोखरामा ६४ जनामा संक्रमण, ३५ जनालाई निको

पोखरा, २४ असार / स्वास्थ्य निर्देशनालय गण्डकी पोखराले जारी गरेको कोरोना पोजेटिभको बुधबार जारी गरेको तथ्याङमा पोखराका १० जना रहेका छन् । उनीहरु सबै विदेशबाट आएर क्वारेन्टिनमा रहेका थिए ।

संक्रमण पुष्टि भएका वडा नम्बर २९ का ३ जना, वडा नम्बर १५, २५, २८, ३० र ३२ का रहेको पोखरा महानगरको स्वास्थ्य महाशाखाका प्रमुख हेमन्त शर्माले जानकारी दिए ।

संक्रमित मध्ये साउदीबाट ४, कुवेत र भारतबाट २/२ र युएईबाट १ जना आएका हुन् । सबै संक्रमितलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको छ । उनीहरु २५ देखी ५१ वर्ष उमेर समुहका छन् ।

पोखरामा अहिले सम्म ६३ जनामा कोरोना संक्रमण देखिएको छ । ति मध्ये ३५ जना निको भएर घर फर्कि सेका छन् । कास्की जिल्लामा भने अहिले सम्म ७७ जनामा कोरोना संक्रमण देखिएको छ । बुधबार कास्कीमा मात्रै १३ जना, बागलुङ, तनहुँ र म्याग्दीमा १/१ जनामा गरी १६ जनामा कोरोना संक्रमण देखीएको हो ।

बुधबार दिउँसो पोखराबाहेक कास्कीको मादी गाउँपालिकाका ३ जनामा कोरोना पोजेटिभ देखिएको छ । कास्कीका पोखरा महानगरपालिका १० जना पुरुष र मादी गाउँ पालिकाका २ जना पुरुष र १ जना महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोद बिन्दु शर्माले जानकारी दिए ।

उनीहरु सबैलाई आइसोलेशनमा लैजाने तयारी भइरहेको शर्माले जानकारी दिए । यो संगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ११ सय २९ पुगेको छ । यी मध्ये ३५३ जना निको भएर घर फर्किएका छन् भने अहिले सम्म ४ जनाको मृत्यु भएको छ ।

कमेन्टहरु
Loading...