पोखरामा थप एक जनामा कोरोना संक्रमित, पोखरा ३० लेखनाथका

पोखरा, २ असार / गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण देखिएको छ । गोरखामा १० जना, स्याङजामा ४ जना, नवलपुरमा २ जना र कास्की र बागलुङमा एक एक जनामा कोरोना पुष्टि भएको हो ।

त्यस मध्ये कोरोना संक्रमण देखिएका एक जना पोखरा महानगरपालिका ३० लेखनाथका भएको स्वास्थ्य निर्देशनालय गण्डकीका आपत्कालीन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । उनी भारतबाट पोखरा महानगरपालिकाको क्वारेन्टिनमा रहेको शर्माले बताए ।

पोखरामा ६ जनामा कोरोना संक्रमण पुष्टि भईसके छ । त्यस मध्ये एक जना निको भएर घर फर्कि सकेका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठानको प्रयोगशालामा करिब ३ सय जनाको परीक्ष हुदाँ १८ जनामा संक्रमण देखिएको हो ।

गोरखाको गोरखा नगरपालिकाका २१ देखी ५३ वर्ष सम्मका ७ जना पुरुष र ३१ वर्षकी १ जना महिला, बारपाक सुलिकोट गाउँपालिकाका दुई जना पुरुषमा देखिएको स्वास्थ्य निदेशनालय गण्डकी निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । त्यसै गरी नवलपुरको बिनयत्रिबेणी गाउँपाकिका १८ बर्षिय पुरुष र मध्यविन्दु नगरपालिकाका १९ बर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

त्यसै गरि कास्कीको पोखरा महानगरपालिकाका २१ बर्षिय पुरुष र बागलुङको ताराखोला गाउँपालिकाका ३४ बर्षिय १ जना पुरुषमा कोरोना देखीएको उनले बताए । गण्डकी प्रदेशमा कोरोना संक्रमितको सख्या २ सय २३ पुगेको छ । अहिले सम्म गण्डकीमा १६ जना निको भएर घर फर्किएका छन् भने १ जनाको मृत्यु भएको छ ।

कमेन्टहरु
Loading...