पोखरामा दुई जना सहित गण्डकीमा थप ४ जनामा कोरोना

पोखरा, ३० असार / गण्डकी प्रदेशमा मंगलबार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की पोखराका दुई र नवलपुरका २ जनामा कोरोना संक्रमण देखिएको हो ।

यो सगँ पोखरामा कोरोना संक्रमितको संख्या १२ सय ३ पुगेको छ । पोखरामा आज थपिएका संक्रमित विदेशबाट आएका हुन् । कुवेत र कतारबाट आएका वडा नम्बर २२ र २६ का पुरुषमा कोरोना देखिएको हो ।

पोखरा २२ का पुरुष होम क्वारेन्टाइनमा र अर्का मालेपाटन स्थित तालिम केन्द्रको क्वारेन्टिनमा बसेका थिए । त्यसै गरि नवलपुरका मध्येविन्दु नगरपालिकाका २४ र ४१ बर्षिय पुरुषमा कोरोना देखिएको गण्डकी स्थास्थ्य निर्देशनालयका निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए ।

गण्डकी प्रदेशमा अहिले ३ सय २८ जनामा मात्रै आइसोलेसनमा रहेका छन् । गण्डकीमा हालसम्म संक्रमितको संख्या १२ सय ३ पुगेको छ । संक्रमितमध्ये ८ सय ७५ जना निको भएका छन् भने ४ को मृत्यु भएको छ ।

पोखरामा अहिले सम्म ७२ जानामा कोरोना देखिएको छ भने त्यस मध्ये ३६ जनालाई निको भएको छ । कास्की जिल्लामा कोरोना संक्रमितको संख्या ८४ पुगेको छ ।

कमेन्टहरु
Loading...