पोखरा जाडो बढ्यो, न्यनतम तापक्रम ४ डिग्री सेल्सियस

सागर राज तिमिल्सिना
पोखरा, २४ पुस /देशभर लगातार चिसो बढेको बेला पोखरामा तापक्रम घट्दै गएको छ । पश्चिमाञ्चल हावापानी कार्यालय पोखराले दिएको जानकारी अनुसार सोमबारको न्युनतमा तापक्रम ४ डिग्री सेल्सियस मापन गरेको छ ।

आइतबार र शनिबार ४ दशमलव ५ डिग्री सेल्सियस थियो । क्षेत्रिय हावापानी केन्द्र पोखराको मापन केन्द्रले मापन गरेको मौषमको रेकर्ड अनुसार सोमबार यो वर्ष कै न्युनतमा तापक्रम मापन भएको छ । पोखरामा दिन दिनै चिसो बढ्दै गएको पश्चिमाञ्चल हावापानी कार्यालय पोखराका प्रमुख राजाराम ढकालले जानकारी दिए ।

उनले बुधबार देखि पोखराको मौषमा चिसो बढ्दै गएको बताए । उनले पोखरामा दिऊसो घाम लागेका कारण अधिक्तम तापक्रम र न्युनतमको फरक १५ डिग्री सम्म हुने गरेको बताए । जसले गर्दा दिऊसोमा जाडोको कम अनुभव हुने गरेको बताए ।

चिसो बढ्दै जादा जनजिवन प्रभावित भएको छ। दिनमा घाम लागेर कमचिसो भए पनि विहान, बेलुका र राती भने चिसोले जनजिवन प्रभावित गरेको हो ।

त्यसै गरि शुक्रबारको ४ दशमलव ९ डिग्री र अधिक्तम २० डिग्री सेल्सियस मापन गरेको थियो । कार्यालयले यस अगाडी बुधबारको न्युनतम तापक्रम ५ डिग्री सेल्सियस र अधिक्तम तापक्रम २१ दशमलव ३ डिग्री सेल्सीयय मापन गरिएको थियो ।

चिसोबाट वच्न चिकीत्सकले न्यानो लुगा लगाउने, तातो बनाएर बस्ने, तातो झोल पदार्थ पिउने सुझाव दिएका छन्। चिसोको कारण बालबालिका, बृद्धबृद्धा बढी प्रभावित छन्। मौषम विभागले यो भन्दा पनि अझ चिसो हुने बताएको छ ।

पोखरामा सन् २०१२ मा अहिलेसम्मकै कम शुन्य दशमलव ५ डिग्री सेल्सियस मापन भएको थियो । त्यसै गरी सन् १९७० मा १ दशमलव ८ डिग्री र १९८९ मा २ दशमलव ५ डिग्री सेल्सिय मापन भएको प्रमुख ढकालले जानकारी दिए ।

Observations2018-01-08 08:45 NPT

Station Maximum Temp.*
(°C)
Minimum Temp.
(°C)
24 hrs Rainfall
(mm)
Dipayal 23.2 0.4 0.0
Dadeldhura 14.2 2.9 0.0
Dhangadi 13.3 2.5 0.0
Birendranagar 20.3 0.5 0.0
Nepalgunj 15.4 4.2 0.0
Jumla 16.0 -7.4 0.0
Dang 18.0 0.1 0.0
Pokhara 19.0 4.0 0.0
Bhairahawa 10.2 6.4 0.0
Simara 12.5 4.0 0.0
Kathmandu 17.0 0.0 0.0
Okhaldhunga 12.7 2.3 0.0
Taplejung 13.6
Dhankuta 17.5 4.0 0.0
Biratnagar 14.1 3.7 0.0
कमेन्टहरु
Loading...