CAN

पोखरामा बिहीबार यो वर्ष कै चियो

10,372

पोखरा, १० पुस / देशभर लगातार चिसो बढेको बेला पोखरामा पनि चिसो बढेको छ । मौषम विज्ञान कार्यालय पोखराले दिएको जानकारी अनुसार बिहीबारको न्युनतमा तापक्रम ६ डिग्रीसेल्सियस मापन गरेको छ । बुधबार न्युनतमा ८ डिग्री र अधिक्तम १७ दशमलव ९ डिग्री सेल्सियस थियो । मौषमको रेकर्ड अनुसार बिहीबार यो वर्ष कै न्युनतमा तापक्रम मापन भएको हो ।

पोखरामा दिऊसो सम्मै पनि हुस्सु लागेका कारण चिसो महशुस गरेका छन् । चिसोका कारण घरबाट बाहिर निस्कनेहरु पनि कम मात्रामा निस्केका देखिन्छन् । आज सुर्य ग्रहण लागेका घाम नलाग्दा चिसो बढेको हुन सक्ने सर्वसाधरणको भनाई छ ।

चिसो बढ्दै जादा जनजिवन प्रभावित भएको छ । चिसोबाट बच्न चिकित्सले न्यानो लुगा लगाउने, तातो बनाएर बस्ने, तातो झोल पदार्थ पिउने सुझाव दिएका छन् । चिसोको मौषममा बढि मात्रामा बालबालिका र बुद्धबुद्धालाई बढि प्रभावित हुने भएका न्यानो बनाइर राख्नु पर्ने गण्डकी अस्पताल पोखराका बरिष्ठ बालरोग विशेषज्ञ डा यज्ञराज सिग्देलले बताए ।

उनले बालबालिकालाई चिसोको समयमा विषेश ख्याल गर्नु पर्ने उनको भनाई छ । मौषम विभागले यो भन्दा पनि अझ चिसो हुने बताएको छ । पोखरामा सन् २०१२ मा अहिलेसम्मकै कम शुन्य दशमलव ५ डिग्री सेल्सियस मापन भएको थियो । त्यसै गरी सन् १९७० मा १ दशमलव ८ डिग्री र १९८९ मा २ दशमलव ५ डिग्री सेल्सिय मापन भएको छ ।