पोखरा कलेज अफ म्यानेजम्याटका विद्यार्थीेको आयोजनमा रक्तदान र बृद्धाश्रमलाई सहयोग

पोखरा, १६ साउन /पोखरा कलेज अफ म्यानेजम्याट विद्यार्थी क्लबको आयोजना भएको रक्तदान कार्यक्रममा ५९ जनाले रक्तदान गरेका छन् । कलेजको १७ बार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरु नै रक्तदान दिन कसिएका थिए ।

रक्तदान कार्यक्रममा पोखरा महानगरपालिकाका वडा नम्बर ३ का अध्यक्ष रविन्द्र बहादुर प्रजुले एउटाले रक्तदान गर्दा अर्काको जिवन बाच्न सक्छ भन्दै युवा अवस्थाबाटै रक्तदान दिन विद्यार्थीहरुलाई होसला प्रदान गरेका थिए । उनले रक्तदान गर्दा शरिरमा नयाँ रगत उत्पादनका लागि ठाउँ पार्ने बताए ।

कार्यक्रममा पोखरा कलेज अफ म्यानेजम्याट कलेजका प्रिन्सिपल डा. चैतन्यराज अधिकारीले विद्यार्थीले गरेका कामको प्रशंसा गर्दै आगामी दिनमा पनि सामाजीक सेवाका कामहरु गर्न सबै विद्यार्थी एक जुटहुनु पर्ने बताए । कार्यक्रममा रेडक्रस प्रतिनिधि यमुना केसीले विद्यार्थीहरुलाई रक्तदान गर्दाका फाइदाका बारेमा जानकारी दिएकी दिइन् ।

रक्तदानक कार्यक्रमको सभापतीत्व कार्यक्रम संयोजक प्रजितराज पराजुलीले गरेका थिए भने स्वागत शुष्मिता आचार्य र कार्यक्रमको सञ्चालन विजय पौडेलले गरेका थिए । क्लबले नै पोखरा १८ मा रहेको बास्यान बृद्धाश्रमलाई सहयोग प्रदान गरेको छ ।

विद्यार्थीहरुले बृद्धाश्रमलाई आवश्यक पर्ने ३ वटा पंखा, ४ वटा टचलाईट, खाद्य सामग्री र साबुनहरु सहयोग गरेको कार्यक्रम संयोजक प्रजितराज पराजुलीले जानकारी दिए । उनले बृद्धाश्रमलाई आवश्यक पर्ने सामग्री सहयोग गरेको बताए ।

कमेन्टहरु
Loading...