झरिमा रुज्दै फिर्के–बुलौदी सफाइमा

पोखरा, १८ असार/पोखरामा जारी फिर्के–बुलौंदी सफाइ अभियानको पाँचौ श्रृंखला सम्पन्न भएको छ । यस श्रृंखलाअन्तर्गत भूपि शेरचन राजमार्गअन्तर्गत पस्र्याङ फिर्के पुलमा सरसफाइ गरिएको हो । सफाइ अभियानमा सुरक्षाकर्मी, स्थानीयबासी, आमा समूह, क्लब, टोल विकास संस्था लगायत विभिन्न संघसंस्थाको व्यापक सहभागिता रहेको अभियान संयोजक रामबहादुर पौडेलले जानकारी दिए ।

कार्यक्रममा पोखरा हार्डवेयर एशोसिएसनका तर्फबाट ऐक्यबद्धता जनाउँदै अध्यक्ष प्रेम पौडेलले सरसफाइमा सहयोगका लागि ७२ थान सेफ्टी ग्लोव क्षेत्रीय प्रशासक शंकरप्रसाद कोइरालालाई हस्तान्तरण गरे ।

झरिमा रुज्दै फिर्के–बुलौदी सफाइमा
झरिमा रुज्दै फिर्के–बुलौदी सफाइमा

कार्यक्रममा बौद्ध अर्घौ सदन रामघाटका लामा गुरु पनि सरसफाइमा सहयोग गरेका थिए भने नेपाली काँग्रेस पोखरा उपमहानगरपालिकाका नगर सभापति वजीरमान श्रेष्ठ, नेकपा एमाले नगर कमिटी संयोजक तेजनारायण अधिकारी, पोखरा उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष सञ्जीवबहादुर कोइरालालगायतले फिर्के खोलाभित्रै पसेर सरसफाइ गरेका थिए ।
अविरल वर्षाका बाबजुद पनि सयौं सहभागी स्वतःस्फूर्तरुपमा अभियानमा जुटेका थिए ।

पश्चिमाञ्चल क्षेत्रीय प्रशासक शंकरप्रसाद कोइरालाले अभियानमा सहभागीलाई आफ्नो घर आँगन सफाई गर्दै सम्पूर्ण नगर लगायत पोखराका सम्पदा संरक्षणमा सहयोग पु¥याउने व्यहोराको सपथ ग्रहण गराएका थिए । कार्यक्रममा प्राज्ञ हरिदेवी कोइरालाले सम्पूर्ण सहभागीलाई सहयोगको लागि धन्यवाद ज्ञापन गर्दै आगामी श्रृंखलामा पनि सहयोग गर्नुपर्ने बताइन् ।

विश्व वातावरण दिवस अवसरमा जेठ २२ देखि सुरु उक्त अभियान फेवाताल किनारसम्म पुग्नेछ । फिर्के बुलौदीको फोहर तालमा मिसिँने हुँदा ताल स्वच्छ राख्दै सम्पूर्ण नगरबासीमा सरसफाइप्रति सचेत गराउन अभियान संचालन गरिएको संयोजक पौडेलले बताए ।

कमेन्टहरु
Loading...