वृहत् सफाई अभियानको १५४ औँ श्रृखलामा मदरल्याण्ड सहभागीता

पोखरा, २८ वैशाख/“हप्तामा एक घण्टाः राष्ट्रका लागि स्वयंसेवा” भन्ने नाराका साथ सुरु भएको पोखरा उपत्यका वृहत् सफाइ अभियानको १५४ औँ हप्ताको कार्यक्रम मासवारमा अवस्थित मदरल्याण्ड माध्यमिक विद्यालय सहभागी भएको छ ।

पोखराको जिरो किलोमिटरबाट सुरुभएको सरसफाइ कार्यक्रम शान्तिनगर, बुलौँदी, गैरीखेत, पोखरीपाटन, श्रीकृष्ण माविको परिसर हुँदै मदरल्याण्डमा आएर समापन भएको थियो ।

मदरल्याण्डको रजतजयन्ती वर्ष कार्यक्रममा सरसफाइमा गण्डकी विकास बैङ्क, मुक्तिनाथ विकास बैङ्क, ओम डेभलपमेन्ट बैङ्क, नेपाल प्रहरी, ससस्त्र प्रहरी, पोखरा महानगरपालिकाको सरसफाइ शाखा, माछापुच्छ«े महिला क्लब लगायत विभिन्न सामाजिक व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको वृहत् सफाइ अभियानका अभियन्ता रामबहादुर पौडेलले जानकारी दिए ।

सामाजिक कार्यमा पनि सधैँ अगाडि सर्दै आएको मदरल्याण्ड माविले रजतजयन्तीका अवसरमा वैशाख महिनालाई सरसफाई महिनाका रूपमा अभियान चलाएर जाइकाबाट केही स्वयंसेवी प्रशिक्षक मार्फत विद्यालयमा बालबालिकामा चेतना फैलाउने काम गरिएको कुरा विद्यालयका प्राचार्य नारायण बरालले बताए ।

विद्यालय उमेर समूहका बालबालिका तथा विद्यार्थीहरूमा सरसफाइको महत्व बुझाउने उद्देश्यले आयोजित कार्यक्रममा वातावरण, समाज तथा टोल छिमेक सधैँका लागि सफा राख्न व्यक्ति चेतनामा जोड दिनुपर्ने बताए ।

कमेन्टहरु
Loading...