पोखराको रत्नचोकको एक घरबाट चोरी

पोखरा, ३१ भदौ /पोखराको रत्नचोकमा रहेको एक घरमा चोरी भएको छ । स्थानीय कुशङ गुरुङको घरमा चोरी

भएको हो । घरमा कोही पनि नभएको मौका पारी चोरी भएको घरधनी गुरुङले बताए । घर धनि आमाको निधन

भए पछि पूरानो घर नवलपरासीमा भएका बेला घरमा चोरी भएको हो । छोरी छिमेकीकोमा गएर परीक्षाको

तयारी गर्दै गरेका बेला घरमा पसेर सुनको टप र केही पैसा चोरि भएको उनले बताए । अरु पनि चोरिएको हुन

सक्छ ।’

गुरुङका भतिजा रवी गुरुङले चोरको खोजी गरी कारबाहीको माग गर्दै बैदाम प्रहरीमा निवेदन दिएका छन् ।

पोखरामा दिनहुँजसो चोरीका घटना भैरहेका छन् । केही समयअघि चोरी गर्दै हिड्ने समूह नै पक्राउ गरी प्रहरीले

सार्वजनिक गरेपनि चोरीका घटना रोकिएको छैन ।

गुरुङ परिवार युकेमा बस्दै आएको छ । घरमा किशङको आमा, बाबु र छोरी मात्रै बसोबास गर्थे । आमाको निधन

भएर परिवार नवलपरासी गएपछि अहिले घरमा छोरी मात्रै बसिरहेकी छिन् । प्रहरीले घरमा कोही नभएका थाहा

पाएकै मान्छेल चोरी गरेको हुन सक्ने बताए ।

कमेन्टहरु
Loading...