पोखरामा चोरीका घटना बढे, दुई घर फोडेर ११ तोला सुन चोरी

पोखरा, ४ भदौ /पोखरामा चोरीका घटना बढ्दै गएका छन् । आइतबार पनि पोखरा महानगरपालिका वडा नम्बर ३० बागमारा मेघ

बहादुर रानामगरको घरबाट चारी भएको छ । घरमा कोही नभएको बेलामा ताला फोरी अन्दाजि ५ तोला बराबरको सुनका

गरगहना चारी भएको प्रहरीले जानकारी दिएको छ । सोही वडाको भगवती चौताराका महेन्द्रराज अधिकारीको १ तले घरमा

च्यानल गेटको ताला फोरी कोठाको दराजमा रहेको नगद ३ हजार अंन्दाजी ६ तोला बराबरको सुनका गरगहना चोरी भएको

जानकारी दिएको । दुबै घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

त्यसै गरि शुक्रबार राती पोखराको पृथ्वीचोकको एक पसलको ताला फोडेर चोरी भएको छ ।

पोखराको पृथ्विचोक हिमालि पेट्रोल पम्प अगाडि रहेको भँगारा किराना स्टोर्समा चोरी भएको हो । मुख्य सडकमा रहेको पसलमा

चोरले साँचो फोरी करिब नगद सात हजार र करिब दस हजार बराबरको पसलका समान चोरी गरेको सल धनी नवीन क्षत्रिले

जानकारी दिए ।

त्यसै गरि बिहीबार राती पोखरा महानगरपालिका वडा नम्बर १५ को कार्यालयमा गरिब, दुःखी र असहायका लागि संकलन

गरिएको दान रकम नै चोरी भएको थियो ।

कार्यालयको च्यानल गेटमा लगाईको ताला फोडेर कार्यालयभित्र रहेको दान पेटिका र एक थान कम्प्यूटरको मोनिटर चोरी भएको

वडा अध्यक्ष प्रकाश पौडेलले जानकारी दिए ।

दान पेटिकामा ८ देखि १० हजारसम्म जम्मा भईसकेको अनुमान उनले गरे । मोनिटर र दान पेटिकाको रकम गरी करिब २५

हजार बराबरको क्षति भएको पौडेलले बताए । विहान कार्यालय खोल्न जाँदा चोरी भएको थाहा भएको थियो ।

चोरी भएको थाहा पाउने वित्तिकै वडा प्रहरी कार्यालयमा जानकारी गराईएको र प्रहरीले घटनास्थलको निरिक्षण गरी मुचुल्का

उठाएको छ ।

कमेन्टहरु
Loading...