पोखरा चिनको स्वशासित क्षेत्र हो र ? हैन भने किन यस्तो लेखियो !

सुमन ढुंगाना
पोखरा, ११ बैशाख /पोखराको सडक र सडक छेउ गाडेका खम्बाहरुमा लेखिएको चाइनिज र अग्रेजीमा अक्षरमा लेखिएको छ । शायद कमैले मात्र हेर्नु भएको छ र बुझ्ने प्रयास गुर्न भएको छ । त्यसो हो भने चाइनिज अक्षर संगै लेखिएको अंग्रेजी अक्षर पनि बुभ्नु हुन्छ होला । जहाँ लेखिएको छ “तिब्बत, अटोनोमस रिजन चाइना” एसको अर्थ हो तिब्बत चाइनाको स्वसासित क्षेत्र ।

पोखरा चिनको स्वशासित क्षेत्र हो र ? हैन भने किन यस्तो लेखियो
पोखरा चिनको स्वशासित क्षेत्र हो र ? हैन भने किन यस्तो लेखियो

तिब्बतको कुनै सहर हो यो र त्यही सहरमा भएका खम्बामा यो शब्द लेखिएको होला ठान्नु भएको छ भने तपाइँ गलत साबित हुनुहुनेछ । किन भने जहा यी खम्बाहरु गाडिएको छ न यो तिब्बत हो नत चाइनाको स्वसासित क्षेत्रनै हो । यो त हाम्रो देशको पर्यटकीय नगरी पोखराको दृश्य हो । तर हाम्रो देशमा किन तिब्बत चिनको स्वसासित क्षेत्र भन्दै तिब्बत को कुनै भूभाग जसरि प्रचार प्रसार गरिएको होला । यो प्रश्न आम जनताको पनि छ ।

यी खम्बाहरु सोलार बत्तीका हुन् । पोखरालाई रातिमा पनि झिलिमिली पार्ने भन्दै चिन सरकारको सहयोगमा पोखरा लेखनाथ महानगरपालिकाले यी सोलार बत्ति जडान गरेको हो । हो यो विकासे काम प्रशंसा योग्य नै छ तर खम्बामा लेखिएको ति शब्दले भने अर्कै अर्थ पनि दिन खोजेको जस्तो भान भएको छ । अझ त्यसमा पनि पोखरा आउने बिदेसी पर्यटकले ति शब्द पढ्यो भने त्यसले कस्तो बुझ्छ होला ।

यति गम्भीर कुरा किन ख्याल गर्नु भएन भनेर हामीले पोखरा लेखनाथ महानगरपालिकाका इन्जिनियर ध्रुब भट्टराईले केहि दिनमा पोखरालाई हस्तान्त्रण हुने त्यस पछि मिलाउने बताए । हो इन्जिनियर भट्टराईले भने जस्तै यी खम्बामा कि सौजन्य भनेर लेखिनु पर्थ्यो कित चाइनामा बनेको भनेर लेखिएको हुनुपर्थ्यो तर लेखिएको छ अर्कै शब्द । हामीले महानगरको ध्यान आकर्षित गरेपछि यो कुरा सुधार्छ भन्ने हाम्रो बिस्वास हो ।

चिन सरकारको सहयोगमा पोखरामा १००० वटा सडक सोलार बत्ति जडान गरिएको छ । हल्लन चोक देखि विजयपुर, मुस्तांग चोक देखि पालिखे चोक , महेन्द्र पुल बाट हस्पिटल हुदै अमरसिंह चोक र बुद्ध चोक देखि बन क्याम्पस सम्मको सडक अब रातिमा पनि झिलीमिलि हुने छ । यो योजना करिब १५ करोडको हो । तर येत्ति राम्रो योजना खम्बामा लेखिएका केहि शब्दलेगर्दा आम जनताको मनभने खल्लो बनाइदिएको छ ।

कमेन्टहरु
Loading...