चटपट र पानी पुरीले तातिएको पोखरा बजार

लक्ष्मण तिमिल्सिना
लक्ष्मण तिमिल्सिना

लक्ष्मण तिमिल्सिना
पोखरामा बेलाबखत केहि नयाकुरा र आदत बसिसकेका कुराहरुको बहस चलिरहन्छ , यो नै पहिलो भने होइन । यसपालि तातेको चटपट र पानीपुरी बजारबारे सामाजिक संञ्जालमा युवा पुस्ताहरु बाझिएका छन । पोखरा लेखनाथ महानगरपालिकाका प्रमुखमान बहादुर जिसिले शनिबार पोखरामा आयोजित एक कार्यक्रममा अब पोखरामा चटपट र पानिपुरी प्रतिबन्धितगर्ने तयारी भएको बताएको भन्दै समर्थन तथा खण्डनमा युवायुवती यो कार्य हुदाहुने सकारात्मक तथा नकारात्मक असरबारे क्रिया प्रतिक्रियामा उत्रिएका हुन ।

तर यसबारे यथार्थता नबुझिकन भएका टिका टिप्पणी कागले कान लग्यो भन्दाकान नछामि कागकै पछि दकुर्ने प्रबितिको बढोत्तिमात्रै हो । आखिर के गर्ने योजनामा छ त पोखरा लेखनाथ महानगरपालिका कार्यालय । के साच्चि महानगर प्रमुखले अखाद्य बस्तु बिक्रि बितरण गर्न रोक लगाउने योजना अगाडि बढाएर कार्य गर्न सफलहुनुहोला त ?भन्ने बिषयमाकतिले चिन्तापनि प्रकट गरिरहेका छन ।

स्मार्ट प्रशाशनले स्वास्थ्यमा असर नगर्ने कुराहरुमा रोक लगाउने कुरा सोभनियहुदै हुदैन तर जनस्वास्थ्यमाप्रत्यक्ष असर पर्ने कार्य प्रति स्थानिय सरकार चुपचाप रहने कुरा आउदैन । स्मार्ट सिटि निमार्णका लागि पुर्वाधार अन्तगर्तका स्मार्ट नागरिक बनाउनकालागि हर नागरिक स्वास्थ्यहुनु जरुरी छ । स्मार्ट स्वास्थ्य सेवानभइन्जेल राज्य स्मार्ट बन्न सक्र्दैन ।

किन निषेध ग¥यो प्रशासनले ठेला

आजभन्दा केहि समय अघि पोखराको बजारमा च्याउसरि फस्टाएको ठेलामा गरिने ब्यवसाय किन बन्द गरियो ? के प्रशाशन ठेला ब्यवसाय बन्द गराउदा ठुला ब्यवसायीकापक्षमाउभिएको थियो या जनताको स्वास्थ्यमै जिम्मेवार बनेको थियो भन्ने कुरा एकातिर होला तर ठेला ब्यवसायमाअखाद्म बस्तुको बिक्रि बितरण गरिरहेको कुरा रोक्नकालागि नै प्रशाशनले २०७० बैशाख १ गते ठेलानिषेधित क्षेत्र घोषणा ग¥यो ।

तत्काल बिरोध भएता पनि जनताले यस कार्यको स्वागतभने शहरबाट ठेलानिषेधित गराएर छाडे ।यसबाट दुइवटा कार्य सम्पन्नभयो, यसले शहर ब्यवस्थितगर्न सहयोग त ग¥यो नै , जनताको स्वास्थ्यमा समेत रामै्र सहयोग ग¥यो भन्ने लाग्छ । अहिले बिशेषगरि बिद्यालय क्षेत्र वरपर चटपट ,पानिपुरी लगायतका खानेकुरा अखाद्म बस्तुकोप्रयोग गरिबिक्रि बितरण ठुलै परिणाममा भएको पाइन्छ ।

चटपट

बिधिवत रूपमाबनाइएको चटपटमा पर्याप्तमात्रामापोषक तत्वहरू हुन्छन। यसरी तयार पारिएको चटपटले पाचन प्रणाली स्वस्थ राख्न र अजीर्ण (क्ष्लमष्नभकतष्यल), अरूची जस्ता स्वास्थ्य समस्याहरूमा पनि फाइदा जनक हुन्छ। तर स्वादका लागि मिसाइएका विभिन्न किसिमकाअखाद्यपदार्थहरू तथापर्याप्त सरसफाइको कमिले स्वास्थ्यमा प्रतिकूल असर पर्न पनि सक्छ।
चटपट स्वस्थ्य र पोषणयरक्तबनाउन साधारणतया हाम्रो भान्सा,बारीमा पाइने निम्नअनुसारका खाद्यपदार्थहरू प्रयोग गरी तयार गर्न सकिन्छः
१. भुजा

२.उसिनेको आलु

३.भुटेको चना

४.काचो मटर

५.धनिया

६.टमाटर

७.प्याज

८.काक्रो

९. मूला

१०.कागति भोगटेको अमिलो

११. खाने तेल

१२. गाजर

१३.हरियो/सुकेको खुर्सानी

१४. मसला

१५.नूनआदि ।

जंक फुड

प्रायगरि जंक फुडलाई आपतकालिनखानाका रुपमा हेर्ने गरिन्छ । तर हामिले यसलाइ दैनिकदिनचर्या सगै जोडिसकेका छौ । केहि बिद्यालयहरुले त आफ्ना बिद्यार्थिहरुलाइ बिद्यालयकाखाजाअनिवार्य रुपमा घरमाबनाएको मात्रप्रयोग गर्न भनिसकेका छन । जंक फुड नबिग्रोस भनेर प्रयोग गरिने रसायनले स्वास्थ्यमाप्रतिकुल असर पार्ने गरेको महानगरका स्वास्थ्यशाखाप्रमुख हेमन्तशर्माको तर्क छ ।

पानी पुरी

पानिपुरी आमजनमानसमा परिचितखानेकुरा मध्येको एक हो । यसको प्रयोगले पाचन प्रणाली स्वस्थ राख्न र अजीर्ण (क्ष्लमष्नभकतष्यल), अरूची जस्ता स्वास्थ्य समस्याहरूमापनिफाइदाजनक हुन्छ । तर स्वाद र अमिलोको रुपमाप्रयोग गरिने अखाद्मपदार्थ समस्याको बिषय हो ।

हालको अवस्थामा चटपट,पानि पुरी ,जंकफुडको प्रयोग स्कूल तथा कलेज पढ्ने विद्यार्थीहरूमा बढ्दै गएको तर अखाद्यपदार्थहरू, पोषणरहित सामाग्रहरू तथा सरसफाइको कमिले उनीहरूमाविभिन्न स्वास्थ्य समस्याहरू देखापरिराखेका छन्।

चटपट बनाउदाप्रयोग गरिने अखाद्यपदार्थहरू जस्तै अजिनोमोटो, कागतिको विकल्पमा एसिड लगायतका स्वास्थ्य घातक पदार्थहरू, हेर्दा आकर्षक बनाउनप्रयोग गरिने विभिन्न रंगहरूले लामो समयसम्मप्रयोग गर्दा क्यान्सर लगायतका प्राणघातक रोगहरू लाग्नसक्छन। सडकपेटी तथाचोकचोकमाखुलारूपमा चटपट बनाएर बेच्दाधूलो धुवा, तथाझिंगाको संसर्गबाट फैलिने रोगहरू जस्तै झाडा पखाला, टाइफाइड, ाययम उयष्कयलष्लन जस्ता रोगहरू लाग्नसक्छन।

यसबाहेक चटपट,पानिपुरीबनाउने व्यक्तिको व्यक्तिगत सरसफाइनहुदा र प्याज, टमाटर, चटपट बनाउने भाडा लगायतका सामाग्रीहरू राम्रोसंग सफानगरी प्रयोग गर्दा स्वास्थ्यमाथपनकारात्मक असर पर्छ। विशेष गरी स्कूल र कलेज जाने युवतीहरूमा चटपट प्रतिको मोह अत्यधिकभएको र यसले गर्दा सन्तुलितभोजनको विकल्प चटपट हुनगई शारीरिक दुर्बलता हुन्छ र त्यसले गर्दा महिनावारी तथाप्रजनन स्वास्थ्यमाप्रतिकूल असर पर्नसक्छ। चटपट पस्कदा पत्रिकाहरूमापस्किने हुदापत्रिकाको प्रिन्टको मसि चटपटसगै मिसिएर शरीरमा प्रवेश हुन्छ र त्यसको नकारात्मक असर पर्छ ।

खुला रूपमाचोक चोकमा सरसफाइको प्रयाप्तव्यवस्थानगरी बनाइएको चटपट सेवनगर्नु उपयुक्तहुदैन र त्यसरी खुला रूपमा चटपटको विक्रिवितरण निरूत्साहितगरिनुपर्छ । चटपट आफैमा स्वास्थ्यलाई नराम्रो असर नगर्ने भएतापनि स्वादकालागि राखिएकाअखाद्यपदार्थहरू र सरसफाइको कमिले स्वास्थ्यमातत्काल र दीर्घकालमा नराम्रो असर पर्न सक्छ।बजारमाखुल्ला रुपमा बेचिने पानिपुरीको समेत बेफाइदा उहि प्रकृतिको देखिन्छ । ब्यवस्थित रुपमा ब्यवसाय दर्ता गरि गुणस्तरिय खाद्मपदार्थ बिक्रि बितरणमा भने महानगरपालिका बाधक बन्ने छैन ।

के गर्दैछ महानगरपालिका ?

महानगरप्रमुखको भनाइ अखाद्मपदार्थ साथै खुल्ला सडक पेटिमा असुरक्षितखाद्मबिक्रि नियन्त्रणका लागिहो । महानगरपालिकाका स्वास्थ्यशाखाप्रमुख हेमन्तशर्मा महानगरबासिलाइ स्वास्थ्य राख्नमासिकनिशुल्क स्वास्थ्यशिबिर तथाउपचार समन्वय गराउनकालागिकार्ययोजनातयार गर्न लागिपरेको बताउछन । साथै खुल्ला रुपमा चटपट ,जंक फुड न्युनिकरणका लागिसमेत कार्ययोजनाबनाएर महानगरपालिका अगाडि बड्न खोज्दैछ ।

नियमित स्वास्थ्यकाअलावा बिद्यालयहरुमाकम्तिमा एक जनाअनमिवा स्टार्फ नर्स राख्ने सरकारी तयारी बाल स्वास्थ्यप्रति राज्यको चासो नै्र्र हो । मातृशिशु मृत्युदर कम गराइ स्वास्थ्य सेवामाप्रत्यक्षनिगरानि राख्नमहानगरपालिका मेडिक मोवाइलको समन्वयमाmजभबतिजकार्यक्रम संञ्चालनगर्ने गरि अगाडि बडदैछ । राज्यले प्रदानगर्ने सेवाप्रवाहका अतिरिक्त महानगरपालिकाले स्मार्ट स्वास्थ्य सेवा संञ्चालनका माध्यमबाट सेवाप्रदानको काम अगाडि बढाउदैछ । साथै महानगरिय स्वास्थ्यनितितयार गर्न अगाडि बढेको छ ।

कमेन्टहरु
Loading...