पोखरा–बुटबल सडक २५ अर्बमा विस्तार हुदै

पोखरा, १ माघ / पोखरा देखि बुटवल सम्मको सडक विस्तार हुने भएको छ । भारतको एक्जिम बैंकको आर्थिक सहयोगमा सडकमार्ग विस्तार हुन लागेको हो ।

अहिले दुई लेनको भनिए पनि सबै ठाउँमा दुई लेनको नभएर पछि विस्तार पछि सबै ठाउँमा दुई लेनको हुने छ ।

सडक विस्तारको लागि भारतको एक्जिम बैंकले २५ अर्ब सहयोग गर्ने छ । सडक विस्तारको डिजाइन यसअघि नै भइसकेको छ । सडक–खण्डमा नयाँ पुल तथा मोड सुधार र सुरुङमार्ग बनेपछि १ सय ५७ किलोमिटरमा पोखरा–बुटबल पुग्न सकिन्छ ।

बाटोलाई सुधार गर्न भालु पहाडमा ५ सय मिटर भन्दा कम लम्बाइका ३ वटा टनेल बनाउने डिपिआरमा छ । सडकमा दुई वटा नयाँ पुल पनि थपिने छन् ।

सडक विभागको डिजाइनमा काम सुरु भएको तीन वर्षमा विस्तारको काम सकिने बताइएको छ । यो सडक विस्तार पछि भारतबाट आउने भारतीय पर्यटकहरुलाई बुटवल पोखरा मुक्तिनाथ सहज हुनेछ ।

यो सडक बनेपछि पोखरा बुटबलको बाटो करिब ५ किलोमिटर छोटो हुनेछ ।

 

सेतोपाटि डटकम र लाइभहिन्दुस्तान डटकमबाट

कमेन्टहरु
Loading...