पोखरा आउदै गरेको बस कृस्तिमा दुर्घटना, २२ घाइते

पोखरा, ४ असार/स्याङजाको टक्सारबाट पोखरातर्फ आउदै गरेको बस आइतवार दुर्घटना भएको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नं २१ स्थित कृस्तिमा ना ४ ख ४३९७ नम्वरको संजोग ट्राभल्सको बस दुर्घटना भएको हो ।

दुर्घटनामा परि २२ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइतेको पोखराको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

कमेन्टहरु
Loading...