पोखराको विद्युत कार्यालयको गेटमा बम

पोखरा, २२ वैशाख /पोखराको विद्युत प्राधिकरणको कार्यालयको गेटमा अगाडी बम फेला परेको छ । रातो झोलामा तार बाहिर निकालेको अवस्थामा बम फेला परेको प्रहरीले जानकारी दिएको छ । नेपाली सेनाको कालिभञ्ज्याङ्ग गण पोखरा ६ रत्नमन्दिरको टोलीले बमलाई डिस्पोज गरेको हो ।

क्यान वियरको बोतलमा बारुद भरेर तारबाहिर निकालीको सेनाले जनाएको छ । बमलाई केहीपर लगेर डिस्पोज गरेको प्रहरीले जानकारी दिएको छ ।

विप्लव माओवादीले आव्हान गरेको नेपाल बन्दको क्रममा बम राखिएको हुन सक्ने प्रहरीको अनुमान छ । पोखरामा बिप्लव माओवादीको बन्दको प्रभावका कारण लामो दुरीका सवारी साधन चल्न सकेका छैनन् ।

पोखराको विद्युत कार्यालयको गेटमा बम
पोखराको विद्युत कार्यालयको गेटमा बम
कमेन्टहरु
Loading...