पोखरामा बोलबम सुरु (फोटो फिचर)

पोखरा, ७ साउन /‘बोलबमको ध्वनीले, शान्ति पाउन् साराले’ भन्ने मूलमन्त्रका साथ १५ औं संस्करणको बोलबम जलयात्रा पोखरामा सुरु भएको छ । केदारेश्वर महादेवमणि सेवाश्रम समिति, बोलबमधाम, बैदामले हरेक वर्ष साउन सोमबार आयोजना गर्दैआएको बोलबम जलयात्रा सुरु भएको हो ।

साउनको पहिलो सोमबार भएकोले केदारेश्वर मन्दिरमा ठूलो संख्यामा भक्तजन बिहानैदेखि दिउँसो अबेरसम्म पूजाआजा गर्न व्यस्त देखिन्थे । यसपालि साउनमा ४ वटा सोमबार परेका छन् । शिवलिङ्गमा पवित्र जल तथा बेलपत्र चढाउन कास्कीका विभिन्न स्थान सहित छिमेकी जिल्लाबाट समेत भक्तजन मन्दिरमा आएको मन्दिरका पीठाधीश डा लेखनाथ आचार्यले बताए ।

बोलबम संयोजक शंकर खरालले १५ वर्षअघि केदारेश्वरले सुरु गरेको बोलबम यहाँको संस्कृति बन्दैगएको बताउँछन् । बोलबम समितिले बगरस्थित गाईघाटबाट सेतीनदीको जल लिएर केदारेश्वर मन्दिरमा चढाउने कार्यलाई विगतदेखि व्यवस्थापन गर्दैआएको छ । गाईघाटदेखि नै शोभायात्रासहितको झाँकी बजारका विभिन्न भाग परिक्रमा गरी मन्दिर पुगेको थियो ।

पोखरामा बोलबम तस्बिरः सञ्जय शाक्य
पोखरामा बोलबम तस्बिरः सञ्जय शाक्य

गाईघाटमा १०८ धारामा स्नान गरी ८ किलोमिटर पैदलयात्रासहित केदारेश्वर मन्दिरका १०८ शिवलिङ्गमा जलार्पण गर्ने सुविधाका कारण केदारेश्वरमा भक्तजनको बढी घुइँचो लाग्ने गर्दछ । साउन भगवान् शिवको महिमा मानिने हुँदा भक्तजन उपासना गरी नजिकको पवित्र नदी, कुण्ड तथा तलाउबाट जल उठाएर शिवलिङ्गमा चढाउने चलन छ । यसो गर्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

भक्तजनलाई पोखरा वडा ६ महिला समन्वय समितिले प्रसाद वितरण गरी सहयोग गरेको थियो । समितिमा १८ वटा महिला समूह आवद्ध छन् । यस्तै, पृथ्वी होटल व्यवसायी समिति, सत्य साई केन्द्र, सिर्जनाचोक व्यवसायी समिति, रोटरी क्लब तथा रामजी बानियाँको समूहले पनि मन्दिर परिसर तथा सडकमा सर्वत पानी खुवाएको थियो । सामाजिक जागरणका लागि नारी अभियानले मन्दिर परिसरमा माग्न बसेका असहायलाई खाजा खुवाएको अभियन्ता सुष्मा पौडेलले जानकारी दिइन् ।

आर्वा भजन समूह, अन्नपूर्ण भजन समूह, देवी शक्ति खोज अनुसन्धान केन्द्रलगायतले शिव महिमासम्बन्धी भजनकीर्तन प्रस्तुत गर्दै भक्तजनलाई नचाएका थिए । सिद्धार्थ पोलिक्लीनिक प्रालिले प्राथमिक उपचार डेस्क खडा गरेको थियो ।

केदारेश्वर महादेवमणि पोखरामा बोलबम तस्बिरः सञ्जय शाक्य
केदारेश्वर महादेवमणि पोखरामा बोलबम तस्बिरः सञ्जय शाक्य
पोखरामा बोलबम तस्बिरः सञ्जय शाक्य
पोखरामा बोलबम तस्बिरः सञ्जय शाक्य
पोखरामा बोलबम तस्बिरः सञ्जय शाक्य
पोखरामा बोलबम तस्बिरः सञ्जय शाक्य
केदारेश्वर महादेवमणि पोखरामा बोलबम तस्बिरः सञ्जय शाक्य
केदारेश्वर महादेवमणि पोखरामा बोलबम तस्बिरः सञ्जय शाक्य
केदारेश्वर महादेवमणि पोखरामा बोलबम तस्बिरः सञ्जय शाक्य
केदारेश्वर महादेवमणि पोखरामा बोलबम तस्बिरः सञ्जय शाक्य
पोखरामा बोलबम तस्बिरः सञ्जय शाक्य
पोखरामा बोलबम तस्बिरः सञ्जय शाक्य
कमेन्टहरु
Loading...