पोखराको बाम्दी देखी चापाकोट सम्मको सडक पिच हुने

पोखरा, ३ पुस / पोखरा महानगरपाकिला वडा नम्बर २३ अहिले सम्म पनि एक इन्चपनि सडक पिच नभएको वडाका रुपमा चिनिदै आएको छ । तर अब भने यो वडाको त्यो परिचय हट्ने भएको छ ।

गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले पोखरा २३ मा पिच गर्ने भएका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालयले पोखरा २३ बाम्दी देखी चापाकोट सम्मको करिब ४ किलोमिटर सडक पिच गर्ने भएको छ ।

गण्डकी प्रदेशका सांसद राजिब पहारी, चापाकोट पर्यटन प्रर्वद्धन समितिका अध्यक्ष भीमप्रसाद पराजुली सहितको टोलीले भौतिक पूर्वाधार विकास मन्त्रालयल गण्डकीका सचिब ईश्वरचन्द्र मरहट्टा, डिइ शोभियत खड्का सगँको छलफल पछि सो बाम्दी देखी चापाकोट सम्मको बाटो पिच गर्ने भएको हो ।

मंसिर २५ गते चापाकोटमा चापाकोट होमस्टे सांस्कृतीक महोत्सव भएको थियो । सो महोत्सवमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र सांसदहरु त्यहाँ पुगेका थिए ।

स्थानीयले सडक नहुदाँ समस्या भोगेको बताएका थिए । छलफलमा सडक पिच गर्न आवश्यक रकम दिइने सहमती भएकोको सांसद पहारीले बताए ।

कमेन्टहरु
Loading...