पोखरामा गाडीमा लिफ्ट दिने बहानामा होटलमा लगेर बलात्कार प्रयास, ४ जना पक्राउ

पोखरा, ३१ असार / गाडीमा लिफ्ट दिने बहानामा एक युवतीलाई बलात्कार गर्न खोजेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

घटनाको बारेमा अनुसन्धान गर्न प्रहरीले चार जना नियन्त्रणमा लिएको बताएको छ । मंगलबार बिहान लेकसाइड स्थित एक होटलमा लगेर दुई जना मिलेर जबर्जस्ती शारीरिक सम्पर्क राख्न खोजेको आरोप छ ।

उनीहरुबाट उम्कन सफल भएपछि युवतीले प्रहरीलाई खबर गरेकी थिईन् । चार मध्ये दुई जना संलग्न नरहेको प्रहरीको भनाई छ । उनीहरु पोखरा छाडेर पर्वत जान लागेको थाहा पाएपछि प्रहरीले नागडाँडाबाट पक्राउ गरेको हो ।

कमेन्टहरु
Loading...