पोखरामा बलात्कार आरोपमा सशस्त्रका एसएसपी पक्राउ

पोखरा, ३१ असार / सशस्त्र प्रहरी बल तालिम केन्द्र पोखरामा कार्यरत प्रहरी बरिष्ठ उपरीक्षक एसएसपी राजेन्द्र अधिकारीलाई कास्की प्रहरीले प्रक्राउ गरेको छ ।

अधिकारीले बुधबार आफ्नै निवासमा एक महिलालाई बोलाएर बलात्कार गरेको मौखिक उजुरीका आधारमा प्रक्राउ गरेको कास्कीका प्रहरी प्रमुख एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

उजुरी दिने महिलाको स्वास्थ्य परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा लगिएको एसपी श्रेष्ठले बताए ।

घटना बारे थप अनुसन्धान भइरहेको र स्वास्थ्य रिपोट आएपछि अझ थप अनुसन्धानलाई टेवापुग्ने उनले बताए ।

कमेन्टहरु
Loading...