पोखरामा गण्डकी प्रदेशको बजार अनुगमन, दालमोट कम्पनीलाई १५ दिन बन्द गर्न निर्देशन

सागर राज तिमिल्सिना
पोखरा, १३ असोज/ गण्डकी प्रदेश स्थापना भएको झण्डै १९ महिला पछि बजार अनुगमन थालेको छ । गण्डकी प्रदेश बजार अनुगमन टोलीले सोमबार देखी बजार अनुगमन थालेको हो । गण्डकी प्रदेश सरकारले बजार अनुगमन निर्देशीका पास गरे पछि कमिटि बनाएर अनुगमन शुरु गरेको हो । पोखराका खाद्य पसल तथा उद्योगहरुमा अनुगन गरेको हो ।

अनुगमनका क्रममा पलसमा मुल्य सुचि नराखेको, खाद्य सामग्रीमा लेबलिङ नभएका विक्रिमा राखेको, म्याद गुर्जिएका सामग्रीहरु विक्रिमा राखेको भेटिएका छन् । ति सामग्रीहरु जफत गरेर नस्ट गरेको उद्योग बाणिज्य उपभोक्ता हित निर्देशनालयका निर्देशक गोकुल शर्मा पौडेलले बताए ।
सोमबार पोखरा ८ वटा पसल र एउटा उद्योगमा अनुगमन भएको थियो ।

पोखराका १ सिम्पानीमा रहेको सन्तोष दालमोट उद्योगमा अनुगमनका क्रममा सरसफाई नगरी उद्योग चलाएको पाए पछि १५ दिनका लागि उद्योगबाट उत्पादन गर्न रोक लगाएको छ । उद्योगले १५ दिनमा सरसफाइ हुने गरी अवश्यक पुर्वाधार निमार्णका लागि टोलीले निर्देशन दिएको हो । प्रदेश सरकारबाटै अनुगमन शुरु भएको उपभोक्ता मञ्च गण्डकी अध्यक्ष कपिलनाथ कोइरालाले खुसी व्यक्त गरे । उनले अनुगमनले निरन्तरता पाउनु पर्ने बताए ।

नयाँ सविधान शुरु भए पछि बजार अनुगमनका जिम्मा स्थानीय निकायलाई नै दिएको थियो । तर कति पय कानून र निर्देशीका नहुदा काम गर्न कठिन भएको थियो । गण्डकी प्रदेश सरकारले निर्देशीका बताए पछि भने बजार अनुगमन शुरु भएको छ । बजार अनुगमनका क्रममा देखिएका त्रुटिएलाई पहिलो पटकलाई सच्याउनलाई समय दिएको उद्योग बाणिज्य उपभोक्ता हित गण्डकी शाखाका सदस्य सचिब भरतमणी बरालले बताए । उनले बजार अनुगमन नियमित हुने र दोस्रो पटक पनि त्रुटि गरेको भेटिएमा कानूनी कार्वाही गर्ने बताए ।

प्रदेश सरकारले ढिलै भएपनि अनुगम थालेको छ । अघिल्ला अनुगमनहरुमा परम्परा शैलीमा खुद्रा पसलमा केन्द्रित गरेको आरोप लाग्ने गरेको थियो । खुद्रा पसलमा पेय तथा खाद्य पदार्थको म्याद नाघेको, मूल्यसूची नराखेको, व्यवसाय दर्ता प्रमाणपत्र नभएको विषयमै अनुगमन केन्द्रित नगरेर अन्य क्षेत्रमा समेत अनुगमन हुन आवश्यक छ ।

गण्डकी प्रदेश बजार अनुगमन टोलीमा उद्योग बाणिज्य उपभोक्ता हित निर्देशनालयका निर्देशक गोकुल शर्मा पौडेल, सदस्य सचिब भरतमणी बराल, खाद्य तथा गुणस्तर नियन्त्रण कार्यालयका प्रमुख प्रशान्त पोख्रेल, उपभोक्ता मञ्च गण्डकी अध्यक्ष कपिलनाथ कोइराला, गुणस्तर तथा नापतौल कार्यालय पोखराका रघु पौडेल, जिल्ला प्रहरी कार्यालय कास्की इनिस्पेक्टर पोषण थापा, पोखरा महानगरपाकिलाका प्रतिनिधि दुर्गाराज गिरी, जिल्ला प्रशासन कार्यालय कास्कीका अधिकृत लक्ष्मण बराल, नेत्रप्रसाद पौडेल लगाएतको टोली रहेको छ ।

कमेन्टहरु
Loading...