पोखरामा बाढी र पहिरो ग्रामिण सडक अवरुद्ध

पोखरा, २६ असार / बाढी पहिरोको कारण पोखराका र आसपासका क्षेत्रमा ग्रामिण सडकहरु अवरुद्ध भएका छन् ।

पोखराबाट सराङकोट जाने बाटो ठाउँ ठाउँ पहिरोका कारण पहिरोमा परेर घाइते भएकाहरुको उद्धारमा कठिनाइ भएको थियो । अहिले भने स्काभेटरले बाटोको पहिरो हटाएको छ ।

त्यसै गरी विभिन्न ठाँउमा गएको पहिरोले लामाचौर भुर्जुङ खोला सडक खण्ड र सार्दिखोला पुरुन्चौर सिचाइ नहरमा क्षती पुगेको छ ।

त्यसै गरी पोखरामा बन्दै गरेको पोखरा विमानस्थल माथीबाट गएको पानीका कारण चाउथेमा कतिपय घरमा पानी परेको छ भने विजयपुर खोलामा खस्ने क्रममा जमितको कटान समेत गरेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...