पोखरामा असिना पानीले बालिमा क्षति, सडकमा ताल

पोखरा, २० फागुन /पोखरामा मंगलबार दिऊसो परेको असिना पानीले तरकारी बालिमा क्षती पु¥याएको छ । असिना पानीबाट पोखराका अधिकांश क्षेत्रमा असिनाले तरकारी बालि र फलफुलमा क्षती पु¥याएको हो ।

बारीमा लगाएको काक्रो, घिरिम्लो, लौका, गौलभेडा, सिमि लगाएतका तराकारी खेती ध्वस्त पारेको छ ।
असिनाले कति क्षती पु¥यो भन्ने जानकारी भने आएको छैन । पानीका कारण पोखराका लेकसाइड, सभागृह, महेन्द्रपुल, पृथ्वीचोक, विरौटाचोक, नयाँबजार, न्यूरोड लगायत क्षेत्र जलमग्न भएका थिए ।

उचित ढल व्यवस्थापन हुन नसकेका कारण पार्किङ गरी राखिएका स्कुटर तथा मोटरसाइकलमा परेका थिए ।

सुर्यको प्रकाशलाई बादलले छेकेपछि पोखरामा दिउँसै अध्यारो जस्तो बनेको थियो । अध्यारो बन्दै पोखरा र आसपासको क्षेत्रमा पानी र असिना प¥यो । पोखराका अधिकांश ठाउँमा असिना सहित पानी परेको स्थानीयले बताएका छन् ।

 

कमेन्टहरु
Loading...