‘सेनाले पोखरा विमानस्थल कब्जा नगरोस’

पोखरा, १८ फागुन/ गण्डकी प्रदेश सांसद राजिव पहारीले पोखरामा चालु अवस्थामा रहेको पोखरा विमानस्थल सेनाको कब्जामा पुग्ने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन् ।

गण्डकी प्रदेश सभामा आइतबार विशेष समय लिएर बोल्दै उनले चालु विमानस्थलको पारिपट्टी नेपाली सेनाले ‘प्याराजम्प’ बनाउन पूर्वाधार निर्माण गरिरहेकोप्रति चासो व्यक्त गर्दै भोलि बिस्तारै विमानस्थल नै कब्जामा लिने हो कि भन्ने चिन्ता व्यक्त गरेका हुन् ।

हिजो रत्न मन्दिरपनि सेनाले विभिन्न बहानामा प्रवेश गरेर कब्जा ग¥यो,‘उनले भने,‘आज चालु विमानस्थल नजिकै सेनाको टुकडी बसेको छ, उसले प्याराजम्प बनाउने कामपनि गरिरहेको छ, भोलि पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि त्यहि सेनाले बिस्तारै चालु विमानस्थल कब्जा नगर्ला भन्न सकिन्न ।’

उनले चालु विमानस्थलमा अन्र्तराष्ट्रिय सम्मेलन केन्द्र बनाउन सकिने धारणा राख्दै सरकारको ध्यानाकर्षण गराए । सांसद पहारीले कोरोना भाइरसका कारण पोखराको पर्यटन क्षेत्र आहत भएको बताउँदै यसले पर्यटन व्यवसायी ऋणमा चुर्लुम्म डुबेको बताए ।

कोभिड–१९ कै कारण पोखराका होटलहरुमा १५ प्रतिशत मात्र अकुपेन्सी रहेको उल्लेख गरे । उनले पोखराको पर्यटन व्यवसायीलाई सहुलियत घोषणा गर्न माग गरे ।

कमेन्टहरु
Loading...