पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको रनवे पुरा, जहाज ल्याण्ड गर्न सकिने

सागर राज तिमिल्सिना

पोखरा, ४ बैशाख /राष्ट्रिय गौरवको योजना पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको रनवे निर्माण पुरा भएको छ । निर्माण कार्य थालेको करिब १५ महिनामा विमानस्थल रनवे निर्माणका काम सकिएको छ भने विमानस्थलका ३५ प्रतिशत काम सकिएको छ ।

अहिले विमानस्थलको टर्मिनल भवन, एप्रोन (यात्रु जहाजमा चड्ने र ओलेने स्थान), ट्याक्सी पार्किङ, नाला निर्माण, ह्याङगर निर्माण, जमिन सम्याउने लगायतका काम भईरहेको विमानस्थलका बरिष्ठ अधिकृत इन्जिनियर कृष्ण पौडेलले बताए । ‘रनवेको काम सकिसेको छ,’ उनले भने ‘आवश्यकता परे जहाज ल्याण्ड गर्न सकिन्छ ।’ उनले रनवे पिच नभई ढलान भएको बताए । अहिले सम्म महत्वपूर्ण ३५ प्रतिशत भन्दा धेरै काम सम्पन्न भइसकेको बताए ।

सन् २०१९ भित्र ६० प्रतिशत भन्दा बढि काम सकिने र सन् २०२० भित्र सबै काम सकिने गरी काम भइरहेको पौडेलले बताए । अहिले चिनियाँ २ सय जना र नेपाली २ सय ५० जना गरि ४ सय ५० जनाले नियमीत रुपमा काम गरिरहेको पनि उनले बताए । उनले चैत महिना सम्ममा रन वे सम्पन्न भईसक्ने बताए ।

चाइनिजले यसरी काम गर्दा पोखरा विमानस्थल छिटै बन्दै

चाइनिजले यसरी काम गर्दा पोखरा विमानस्थल छिटै बन्दै

Posted by Ganthan.com on Friday, March 15, 2019

अहिले रनवेको ७० प्रतिशत काम सकिएको र धेरै समय लाग्ने मुख्य काम सकिसकेकोले चैत महिना भित्र रनवेको सबै काम सकिने उनको भनाई छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको रन वे सिमेण्ट, बालुवा प्रयोग गरि विभिन्न चरणमा ढलान गरी निर्माण भइरहेको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन १४ हजार स्क्यार मिटरमा बन्ने छ । टर्मिनल भवनमा वार्षिक ५ लाख क्षमताको हुने छ । सन् २०२१ को जुलाई सम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम सकेर संचालनमा ल्याउने गरि निर्माण तालिका बनाएर काम अघि बढेको उनको भनाई छ ।

पोखरा महानगरपालिका वडा नम्बर १४ मा पर्ने जमिनमा चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीईले २०७३ साउन १८ गतेदेखि विमानस्थल निर्माणको काम गरिरहेको छ । विमानस्थल निर्माण गर्न सरकारले सन् २०१४ मे १२ मा सीएएमसीईलाई ठेक्का दिएको थियो । निर्माण कम्पनीले १० जुलाई २०२१ मा विमानस्थल निर्माण सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने छ ।

झन्डै २२ अर्ब रुपैयाँ चिनियाँ ऋण सहयोगमा विमानस्थल निर्माण भइरहेको छ । अन्तर्राष्ट्रिय उड्डयन संस्था (आइकाओ) को मादण्ड अनुसार फोरडी मोडलमा पर्ने पोखरा विमानस्थल निर्माण पूरा भएपछि बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाज आउजाउ गर्न सक्नेछन् । २५ सय मिटर लामो धावनमार्ग हुने विमानस्थलमा आउनेजाने ती विमानको यात्रु क्षमता १ सय ९२ हाराहारीमा हुनेछ ।

कमेन्टहरु
Loading...