टयांकरमा इन्धन खाली हुदाँ प्रधानमन्त्री पोखरामा विमानस्थलमा १ घण्टा रोकिए

पोखरा, १ बैशाख/नेपाल आयल निगमको पोखरा विमानस्थलको डिपोबाट हवाइ इन्धन नताने पछि प्रधानमन्त्री केपि शर्मा ओली पोखरा विमानस्थलमा १ घण्टा अड्कीएका छन् ।

काठमाडौबाट पोखरा हुदै मृगुको रारातालका लागि उठेका प्रधानमन्त्री केपि शर्मा ओली चढेको हेलिकप्टर पोखरा विमानस्थलमा इन्धन भर्न झरेको थियो । शुक्रबार विहान ९ बजे दुईवटा हेलिकप्टरमा आएका प्रधानमन्त्री ओलीको टोली इन्धन भर्न नपाए पछि १ घण्टा विमानस्थलमा नै अड्कीयो ।

विमानस्थलमा रहेका दुई वटा टयांकर मध्ये एकमा इन्धन सकिएको थियो अर्को टयांकर स्टाट नै भएन नेपाल आयल निगम पोखराका प्रमुख नवराज पोख्रेलले बताए । उनका अनुसार खाली भएको टयांकरमा इन्धन ट्यांकीबाट इन्धन नै नताने पछि समस्या आएको बताए ।

पछि डाइनामोलाई मर्मत गरेर इन्धन भरेको बताए । प्रधानमन्त्री बागलुङको ढोरपाटन हुदै मृगुको राराताल पुगेका थिए । प्रधानमन्त्री सगँ अन्यमन्त्री र नेताहरु सगँ थिए ।

कमेन्टहरु
Loading...