CAN

गोली सहित पोखरा विमानस्थलबाट एक जना पक्राउ

2,126

पोखरा, १२ माघ / पोखरा विमानस्थलबाट प्रहरी एक जनालाई गोली सहित पक्राउ गरेको छ ।

पोखरा विमानस्थलबाट काठमाडौँ जादै गरेका पोखरा २७ रिठेपानीका ४० बर्षिय जितु शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।

शाहीको झोला एक्सरे मेशिनले चेकजाँच गर्ने क्रममा २२विओआर राइफलमा प्रयोग हुने २९ राउण्ड गोली फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यलय पोखराका प्रहरी उपरिक्षक दिपक रेग्मीले जानकारी दिए ।

प्रहरीले शाहीलाई नियन्त्रणमा लिई घटनाका विषयमा थप अनुसन्धान गरीरहेको जनाएको छ ।