पोखराको विमानस्थललाई बुटिक एयरपोर्ट बनाउने, हवाइ रुट नै उपलब्धि- मन्त्री अधिकारी

पोखरा, ११ असार /संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले मन्त्री भएको एक सय दिन पुग्नै लाग्दा आफुले काम भारतसँग हवाई मार्ग सम्झौता, जापान सगँ सिधा हवाइ सम्बन्ध र आइकावको कालो सुचीबाट नेपाली हवाइ क्षेत्रलाई हटाउने काम महत्वपुर्ण भएको बताएका छन् ।

सोमबार पोखरामा प्रेस चौतारी र प्रेस सेन्टरले सयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले भारतसगँ भएका चार वटा हवाइ रुट पछि नेपाल अब अन्तराष्ट्रिय उठानमा ठुलो उपलब्धी हुने बताए । भारतसँग हवाई मार्ग सम्झौताले नेपालको बाह्य सम्पर्क विस्तारमा ठूलो ढोका खोलेको उनको दाबी छ ।

उनले हवाई मार्गबारे सहमतिमा काठमाडौं–विराटनगर, काठमाडौं–जनकपुर, काठमाडौं–जनकपुर–पटना र महेन्द्रनगर हुँदै नेपाल आउने जहाजका लागि रुट पाएको बताए । सहमति अनुसार १४ हजार फिटदेखि २४ हजार फिटको उचाइमा जहाज आउने उनले उल्लेख गरे । मन्त्री अधिकारीले आउने सेप्टेम्बर सम्ममा नेपालको हवाई सेवा युरोपियन युनियनको कालो सूचीबाट हट्ने बताए ।

उनले हवाइ रुटमा पाएको सफलता पछि भ्रमण वर्ष सन् २०२० लाई सहयोग पुग्ने उल्लेख गरे । मन्त्री अधिकारीले यो महिनाभित्र आफूले सम्पादन गर्ने पाँच वर्षे कार्ययोजना तयार पारी सार्वजनीक गर्ने बताए । मन्त्री अधिकारीले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थललाई महँगा पर्यटक भित्र्याउने बुटिक एयरपोर्टका रुपम विकास गर्न सरकार लाग्ने बताए ।

भारत, चीन लगायतका छिमेकी देशबाट पोखरा विमानस्थलमा १ सय ८० सिट क्षमताको जहाज मात्र आउन सक्ने प्रष्ट पार्दै विमानस्थललाई प्रादेशिक हवाई यात्राको केन्द्र समेत बनाइने मन्त्री अधिकारीले बताए । उनले नै गठन गरेको विज्ञ टोलीले पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल अन्तराष्ट्रिय उडान भर्न अयोग्य भएको प्रतिवेदन सार्वजनिक गरेपछि पर्यटनमन्त्रीको आलोचना भएको थियो ।

कमेन्टहरु
Loading...