पोखरामा यति एयरको जहाज ठुलो दुर्घटनाबाट जोगियो (भिडियो सहित)

सागर राज तिमिल्सिनापोखरा, ३ असार
काठमाडौबाट पोखरा आउदै गरेको यति एयरलाइन्सको विमान ठुलो दुर्घटनाबाट जोगिएको छ । पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा जहाजको हाइड्रोलिक फेल भएपछि जहाज धावन मार्गबाट घाँसे मैदानमा पुगेको छ ।

यति एयरको नाइन एन एएचयुको कलसाइन भएको जहाज पोखरा विमानस्थलमा अवतरण गर्ने बेलामा जहाजमा समस्या आएको छ । जहाजमा रहेका चालक दल र २० जना यात्रु सकुसल छन् ।

जहाजलाई काठमाडौबाट प्राविधिक बोलाएर समस्याका पहिचान गरिर्ने एयरलाइन्सले जनाएको छ ।

कमेन्टहरु
Loading...