आच्छुछुछु पोखरामा पनि कति जाडो !

पोखरा, १८ पुस / वर्षा र हिमपातका कारण पोखरा सहित देशभर चिसो बढेको छ । पोखरामा पानीका कारण चिसो बढेको छ भने हिमाली क्षेत्रमा हिउ परेका छ ।

पोखरा महानगरपालिका केही स्थानमा समेत हिउ परेको छ । चिसो बढेपछि बिभिन्न स्थानमा मानिसहरु आगो तापेर बसेका छन् ।

वर्षा भएपछि अत्यवश्यक काम भएका बाहेक अन्य घरमा बसेका थिए । पोखरा उद्योग वाणिज्य संघले आजबाट शुरु हुन लागेको मेलाको पनि पोखरा उद्योग वाणिज्य संघ कै हलबाट उद्घाट गरेको छ ।
चिसोबाट बालबालिका, जेष्ठ नागरिक र बिरामीहरु अझ बढि प्रभावित भएका छन् । धेरैजसो घरबाहिर निस्किन सकेका छैनन् । घरमै रहेकाहरु एसी, हिटर वा कोइलाको सहयोगमा कोठा न्यानो बनाएर बसेका छन् ।

दुईदिनदेखि लगातार हिउँ पर्दा हिमालपारिका जिल्ला मनाङ र मुस्ताङको जनजीवन बढी प्रभावित भएको छ । त्यस्तै अर्को जिल्ला गोरखाको माथिल्लो क्षेत्रको दैनिकी पनि कठिनपूर्ण बनेको छ ।

गोरखाको माथिल्लो क्षेत्रमा दुईफिट हिउँ जमेको स्थानीयले बताएका छन । मनाङको तापक्रम घटेर माइनस ९ डिग्रीमा झरेको प्रहरीले बताएको छ ।

कमेन्टहरु
Loading...